पंजशिरका लडाकूको दाबी, आक्रमणमा मारिए ६०० जना तालिबान लडाकू

तालिबानले अफगानिस्तानका सबै प्रान्तमा विजय हासिल गरिसकेको भए पनि पंजशिर नियन्त्रणमा लिन सकेको छैन ।  त्यसलाई पनि कब्जामा पार्नका लागि तालिबानले आक्रमण गरिरहेको छ । शनिवार तालिबानका ६०० जना लडाकूलाई मारेको अफगान प्रतिकार बलहरूले बताएका छन् ।  ‘लगभग ६०० जना तालिबान आतंकवादीहरूलाई पंजशिरका विभिन्न जिल्लामा सफाया गरिएको छ । एक हजारभन्दा बढी तालिबान लडाकूहरूलाई नियन्त्रणमा लिइएको अनि कतिपयले आत्मसमर्पण गरेका छन्,’ प्रतिकार बलका प्रवक्ता फाहिम दश्तीले बताए ।  तालिबानले अन्य प्रान्तबाट आपू...

सम्बन्धित सामग्री

नर्वेको दूतावासमा पसे तालिबान लडाकू, फुटाइदिए रक्सीका बोतल

अफगानिस्तानको राजधानी काबुलमा रहेको नर्वेको दूतावासमा तालिबान लडाकूहरू प्रवेश गरी कब्जामा लिएका छन् ।  त्यहाँ राखिएका रक्सीका सबै बोतल फुटाएपछि मात्र निस्कने उनीहरूले बताएका छन् । दूतावासमा रहेका बच्चाहरूको किताब पनि उनीहरूले च्यातिदिएका छन् ।  इरानमा नर्वेका राजदूत सिगवाल्ड हेगले यसको जानकारी दिएका हुन् ।  दूतावासभित्र तालिबान लडाकूहरूले बन्दूकका साथ प्रवेश गरेको तस्वीर सामाजिक सञ्जालमा खुबै शेयर गरिएको छ ।  यसैबीच तालिबानको कैदबाट छुटेका पत्रकारहले आफूहरूमाथि निकै कुटपिट गरिएको बत...

तालिबान र प्रतिकार लडाकूबीच पंजशिरमा भीषण भिडन्त जारी

तालिबान लडाकू तथा तिनलाई प्रतिकार गरिरहेका लडाकूहरूबीच अफगानिस्तानको पंजशिरको प्रवेशद्वार गुलबहारमा भीषण भिडन्त भइरहेको छ ।  यसैबीच गुलबहार रोडलाई पंजशिरसँग जोड्ने एक पुललाई तालिबानले विस्फोट गरेर उडाइदिएको खबर स्वतन्त्र पत्रकार नातिक मलिकजादाले दिएका छन् ।  सोमवार राति पंजशिर उपत्यकामा भएको भिडन्तमा आठजना तालिबान लडाकू मारिएको खबर आएपछि तालिबानले पुल उडाएको हो ।  प्रतिकार आन्दोलनका अगुवा अहमद मसूदका प्रवक्ता फाहिम दश्तीका अनुसार, तालिबानले सोमवार पंजशिरमा लडाइँ शुरू गरेका हुन् । दुवै पक्ष...

जीन्स लगाउनेलाई कुटपिट गर्दै तालिबान लडाकू

अफगानिस्तानमा तालिबान शासन फर्केलगत्तै मानिसहरूमाथि अत्याचार बढ्न थालेको छ ।  जीन्स जस्तो पश्चिमी सभ्यताको कपडा लगाउने व्यक्तिहरूलाई तालिबान लडाकूहरूले कुटपिट गरेका छन् । युवा अफगान नागरिकहरू सामाजिक सञ्जालमा आफ्नो पीडा व्यक्त गरिरहेका छन् ।  इस्लामको अपमान गर्ने गरी जीन्स लगाएको भन्दै युवाहरूलाई कुटपिट गरिएको हो ।  एक सामाजिक सञ्जाल प्रयोगकर्ताले साथीहरूसँग घुमिरहेको बेलामा तालिबान लडाकूहरूले घेरेको अनि बन्दूक तेर्स्याएर कुटपिट गरेको बताए ।  तालिबानका एक अधिकारीले स्थानीय पत्रिका एतिलात्रो...

२४ घण्टामा तीन सय तालिबान लडाकू मारिए

एजेन्सी।अफगानिस्तानका विभिन्न स्थानमा सरकारी सुरक्षा फौज र तालिबान लडाकूबीच संघर्ष चर्किएको छ। यसै क्रममा पछिल्लो २४ घण्टामा अपगानी सेनाले ३ सयभन्दा बढी तालिबान लडाकू मारिएको र १३५ बढी घाइते भएको दाबी गरेको छ। रक्षा मन्त्रालयका अनुसार सुरक्षा फौजले नगरहार, लगमन, गजनी, पक्तिका, कन्धाहार, जाबुल, हेरात, जोज्जान, समान्गन, फरयाब,सर–ए पोल, हेलमन्द, निमरुज, कुन्दुज, बगलान र कपिसामा क्षेत्रमा अपरेशन चलाएको थियो।

तालिबानको आक्रमणमा चार सुरक्षा अधिकारीको मृत्यु

अफगानिस्तान । तालिबान लडाकू समूहले सुरक्षा चौकीमा गरेको आक्रमणबाट सरकार समर्थक चार लडाकूको मृत्यु भएको छ। अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकानमा सो आक्रमण भएको प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल खालिल आसिरले बताए।तालुकान शहरको बाहिरी इलाकामा रहेका प्रहरी जाँचचौकीमा तालिबान लडाकू समूहले गरेका आक्रमण परी चार सुरक्षा अधिकारीको मृत्यु भएको थियो भने पाँच घाइते भएका छन्।रासस

सेनाको कारबाहीमा २१ तालिबान लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा २१ जना तालिबान लडाकू मारिनुको साथै अन्य १३ जना घाइते भएका छन् ।

हवाई आक्रमणमा परी ६ तालिबान लडाकू मारिए

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिबान लडाकू समूहका आखाडालक्षित अफगान हवाई बलले गरेको आक्रमणमा परी कम्तीमा ६ तालिबान लडाकू समूहका सदस्यहरु मारिएका सैनिक स्रोतले सोमबार पुष्टि गरेको छ । फर्याब प्रान्तको क्युएसार र सिरिन तागाब जिल्लामा भएको हवाई कारबाहीमा परी छ व्यक्तिको मृत्यु ह्ुनुको १४ जना घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ ।

कारबाहीमा परी सोह्र तालिबान लडाकू मारिए

जलालाबाद / अफगानिस्तानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तमा अवस्थित शिर्जाद र खोगीआनी जिल्लामा तालिबान लडाकू लुकेर बसेको इलाका लक्षित भएको सुरक्षा कारबाहीमा परी कम्तीमा सोह्र लडाकू मारिएका प्रान्तीय सरकारद्वारा शुक्रबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । बिहीबार राति जारी गरिएको यस विज्ञप्तिका अनुसार खोगीआनी जिल्लाको आक्रम खिल क्षेत्र र शिर्जाल जिल्लाको हासिम खिल क्षेत्रमा गरिएको... The post कारबाहीमा परी सोह्र तालिबान लडाकू मारिए appeared first on Purbeli News.

हवाई कारबाहीमा आठ तालिबान लडाकू मारिए

पुल इ अलाम, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा सोमबार तालिबान लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा आठ लडाकू मारिएका छन् ।  लोगारको आघा जिल्लामा भएको यस कारबाहीको ...

अफगानिस्तानमा ४२ जना तालिबान लडाकू मारिए

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा अफगान सेना र तालिबान लडाकूबीच भएको भिडन्तमा परी कम्तीमा ३५ जना तालिबान लडाकूको ज्यान गएको छ । उक्त स्थानमा गएको तीन दिनदेखि अफगान सेना र तालिबान लडाकूबीच भिडन्त जारी रहेको छ । सो भिडन्तमा परी अरु २७ जना तालिबान लडाकू पनि घाइते भएका छन् ।