तालिबानको धम्की – अफगान सैनिकले आत्मसमर्पण गरोस्, टर्कीलाई पनि चेतावनी

अफगानिस्तानका एक वरिष्ठ बागी नेताले तालिबानले अफगान सैनिकसँग शहरमा लड्न नचाहेको बताउँदै उनीहरुले आत्मसमर्पण गरेको देख्न चाहेको बताएका छन् ।समाचार एजेन्सी एएफपीले आफ्नो रिपोर्टमा यसबारे जानकारी दिएको छ ।यसैबीच तालिबान नेताले टर्कीलाई पनि अफगानिस्तानमा आफ्नो सेनाको उपस्थिति नबढाउन चेतावनी दिएको छ ।कट्टरपन्थी इस्लामी समूह ‘तालिबान’ ले अफगानिस्तानका अधिकांश इलाकामा कब्जा जमाएको छ । विदेशी सैनिक फिर्ता भएपछि तालिबानले अत्यधिक तीब्र गतिमा आफ्नो कब्जा भएको क्षेत्रको विस्तार गरेको छ ।अफगानिस

सम्बन्धित सामग्री

अफगानिस्तानलाई लिएर पाकिस्तानी एयरलाइन्सको ठुलो निर्णय, काबुलका सबै उडान रद्द

पाकिस्तानको अन्तराष्ट्रिय एयरलाइन पीआईए ले अफगानिस्तानको राजधानी काबुल जाने र त्यहाँबाट आउने सबै उडान रद्द गरेको छ। तालिबानका अधिकारीहरुले अपमानजनक व्यवहार गरेको आरोप लगाउदै पाकिस्तान एयरलाइनले उडान रद्द गरेको जनाएको छ। आफ्नो एयरलाइनको कर्मचारीहरुलाई धम्की दिईएको र उडानमा पनि हस्तक्षेप गर्ने चेतावनी दिइएकाले उडान रद्द गर्नुपरेको पीआईएका एक प्रवक्ताले आरोप लगाएका छन्। बिहिबार तालिबानले पीआईए र अफगानिस्तानको एयरलाइन कैम एयरसँग टिकटको मुल्य कम गर्नलाई अपिल गरेको थियो। तालिबान सत्तामा आउनु अगाडीको मुल्य कायम गर्नलाई तालिबानले अपिल गरेको हो। आफुहरुको अपिल नमाने उडान बन्द गर्ने चेतावनी तालिबानले दिएको बिबिसीले रोयटर्सलाई उद्र्त गर्दै लेखेको छ। तालिबान सत्तामा आए पछि हवाई भाडा झन्डै दश गुणाले बढाईएको छ।  एएफपीकाअनुसार एयरलाइन्स काबुलबाट इस्लाम्बाद ४० मिनेटको उडानको लागि १२०० डलर सम्म लिईरहेका छन्। कसैले २५०० डलरसम्म पनि असुल गरिरहेका छन्। यो मुल्य तालिबान सत्तामा आउनु अगाडी मात्रै १५० डलर थियो। अहिले तालिबानले यहि मुल्य कायम गरिनु पर्ने अपिल गरेपछि पीआईएले अफगानिस्तानसँगको उडान रद्द गरेको हो।  पीआईए ले बिशेष उडान भएकाले बढेको मुल्य लिईएको दाबि गर्दै आएको छ। बिशेष उडानको प्रयोग बिशेषगरि एनजीओ, भीआईपी र अनुदानमा हुँदै आएको छ। यो कार्यले अफगान नागरिकहरुलाई देश छाडेर बाहिर निस्किनलाई ठुलो मद्दत मिलेको पीआईएको दाबि छ। बिशेष र सिमित मात्रै उडान भरिरहेकाले अहिले लिइरहेको मुल्यले समेत एयरलाइन घाटामा नै रहेको पीआईए को दाबि छ। आफुहरुले मानवीय सहयोगको आधारमा मात्रै उडान भरिरहेको पीआईएको भनाई छ।  अर्कोतर्फ अफगानिस्तानको आफ्नै एयरलाइन्स कैमले १६०० डलर लिइरहेको पीआईएको तर्क छ।   अफगानिस्तानबाट अमेरिकी तथा नेटो सेनाहरु फिर्ता भएपछि काबुल विमानस्थलमा तालिबानको कब्जा छ। पाकिस्तान १९९६ देखि २००१ सम्म अफगानिस्तानमा तालिबानको सत्ता समर्थन गर्दै आएको छ।   अहिले तालिबान सत्तामा आएपछि पनि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिश्वका बिभिन्न देशका नेताहरुलाई तालिबानसँग वार्तालाप गर्न तथा त्यहाँ आर्थिक सहयोग गर्नलाई अनुरोध गरिरहेका छन्।   कतार लगायतका देशहरुले अफगानिस्तानमा तालिबानलाई मान्यता दिएपनि पश्चिमी राष्ट्रहरुले तालिबान सरकारलाई मान्यता दिएको छैन।