अफगानिस्तानको कंधार विमानस्थलमा डेरा जमाएर बसेका अफगान सेनाको एक विशेष दलका हज्जारौं सैनिकले तालिबान समक्ष आत्मसमर्पण गरेको छ । तालिबानले सोमबार एक बयान जारी गरेर यसबारे जानकारी दिएको हो । तालिबानी लडाकूले पछिल्लो तीन दिनदेखि यो दललाई घेरेका थिए । काबुलको दक्षिणस्थित कंधार शहरमा बगराम एयरबेस पनि छ जुन अमेरिकी नेतृत्व भएको गठबन्धन दलको अभियान केन्द्र रहँदै आएको छ ।