अमेरिका तथा पश्चिमका मुलुकहरूलाई चकित खुवाउँदै तालिबानले सोचेभन्दा छिटो देशमा कब्जा जमाएपछि यसको कारण धमाधम खोतल्न थालिएको छ ।
अफगान सेना तालिबानसँग लड्न तयार नभइसकेको अवस्थामा अमेरिका र नेटोले देश छोड्नु यसको एउटा कारण मानिएको छ ।
अनि अफगान सेना तथा सरकारमा व्याप्त चरम भ्रष्टाचारले गर्दा युद्धमोर्चामा लड्ने सैनिकहरू राम्रो तलब नपाएकाले हतोत्साहित भएर छिटो आत्मसमर्पण गरेको अर्को कारण देखाइएको छ । तीन लाख सैनिक छन् भने पनि खासमा नभएका सैनिक देखाएर सेनाका उच्च अधिकृतले तलब खाइदिने गरेको अर्को कारण ब...