नेकपा एमालेले १० बुँदे सिफारिसमा आधारित निर्णय कार्यान्वयनका क्रममा उत्पन्न हुनसक्ने समस्या समाधान गर्न कार्यदल गठन गरेको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकले उक्त कार्यदल गठन गरेको हो । कार्यदलमा उपाध्यक्ष भीम रावल,महासचिव ईश्वर पोखरेल उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।त्यस्तै बैठकले पारित गरेको प्रस्तावमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरुलाई २०७५ जेठ २ गते पूर्वको ज