विवाद मिलाउन कार्यदलको भर, त्यो पनि सधैँ असफल

काठमाडौं : नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको विवाद उत्कर्षमा पुगेपछि ०७८ जेठ २ गते १० सदस्यीय कार्यदल गठन गर्‍यो। दुवै समूहबाट ५/५ जना राखेर ओली र नेपालले कार्यदल गठन गरेका थिए। कार्यदलले लामो कसरतपछि पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति बनायो। कार्यदलको सहमतिमा माधव नेपालले असहमति जनाए। एमालेलाई ०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको थियो। कार्यदलमा अध्यक्ष ओली पक्षका तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु