नेकपा एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्न उपाध्यक्ष भीम रावलको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ ।
१० बुँदे सहमति कार्यान्वयन नभएको भनेर पार्टीमा असन्तुष्टि बढिरहेका बेला बैठकले कार्यदल बनाएको हो ।
एमालेको सबै तहमा १० बुँदे सहमति कार्यान्वयनको लागि कार्यदल बनाउने निर्णय गरिएको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।
कार्यदलमा भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट रहेका छन् ।
भदौ ८ गतेको स्थायी कमिटी बैठकले ६...