काठमाण्डाै – नेकपा एमालेको दशौँ महाधिवेशन आउँदाे मङ्सिर १०, ११ र १२ गते आयोजना हुने तय भएको छ । ललितपुरमा आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशनकाे मिति तय गरेकाे प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे । यस्तै बैठकले मङ्सिरमा हुने दशाैँ महाधिवेशनका लागि विधान संशाेधन महाधिवेशनकाे मिति सारेर असाेज ५ र ६ गतेलाई पनि ताेकेकाे छ । पालिकाको अधिवेशनको मिति पनि सरेको एमालेले जनाएको छ । आजकाे स्थायी कमिटीको बैठकले १० बुँदे सहमति कार्यान्वयनका लागि ६ सदस्यीय उच्चस्तरीय कार्यद...