नेकपा एमालेको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनका लागि कार्यदल गठन भएको छ ।
मंगलवार बसेको स्थायी कमिटी बैठकले ६ सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य रहेका छन् ।
एमालेले आगामी मंसिर १०–१२ गतेसम्म दशौं महाधिवेशन गर्ने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटिको बैठकले दशौं महाधिवेशनको मिति तय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी द...