चैत १४, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको तीन घण्टाको अवधिमा कुमारी इक्वीटी फण्डसहित पाँच ओटा धितोपत्रको उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये लक्ष्मी उन्नति कोष, इमर्जिङ्ग नेपाल,कुमारी इक्वीटी फण्ड, प्रभु सेलेक्ट फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम - २ को इकाईमा उच्च खरीद माग रहेको हो ।
त्यसैगरी इमर्जिङ नेपालको ३ लाख २३ हजार ५४ कित्ता,कुमारी इक्विटी फण्डको ३ लाख २१ हजार ८०० इकाई, प्रभु सेलेक्ट फण्डको २ लाख २१ हजार ५०० इकाई र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम- २ को १ लाख ८८हजार ५०० इकाई खरीद माग रहेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३० दशमलव ८५ अंक घटेर २ हजार ५४१ दशलमव ४१ विन्दुमा झरेको छ । उक्त अवधिसम्ममा कुल रू. १ अर्ब ७७ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।