चैत मसान्तसम्म कुमारी इक्वीटी फण्ड रू. ५४ लाख ४२ हजार नोक्सानीमा

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फण्ड चैत मसान्तसम्म रू. ५४ लाख ४२ हजार नोक्सानीमा रहेको छ । फण्ड फागुन मसान्तसम्म पनि नोक्सानीमा थियो । फागुन महीनाको तुलनामा चैत महीनामा फण्डको नोक्सानी केही घटेको छ । फागुन मसान्तसम्म फण्ड रू. १ करोडभन्दा बढी नोक्सानीमा थियो । चैत महीनामा फण्डको आम्दानीमा वृद्धि भएसँगै नोक्सानी घटेको हो ।   फागुन मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. २२ लाख ५९ हजार रहेकोमा चैत मसान्तसम्म बढेर रू. ८८ लाख २२ हजार पुगेको छ । त्यस्तै फण्डको न्याभ फागुन महीनाको तुलनामा चैत महीनामा बढेको छ । फागुन मसान्तसम्म फण्डको न्याभ रू. १० दशमलव २३ रहेकोमा चैत मसान्तमा बढेर रू. १० दशमलव २८ पुगेको हो । त्यस्तै फण्डले चैत मसान्तसम्म सूचीकृत शेयरमा रू. ५८ करोड ४४ लाख लगानी गरेको छ । यो लगानी फागुन मसान्तसम्म रू. ५८ करोड ४१ लाख थियो ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्