कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाको न्याभ घट्यो,अन्य सूचक कस्ता ?

काठमाडौं । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार दुवै फण्डको न्याभ चैत महीनाको तुलनामा वैशाखमा केही घटेको छ । कुमारी धनवृद्धि योजनाको न्याभ चैत मसान्तसम्म १० रुपैयाँ ४० पैसा रहेकोमा वैशाख मसान्तमा १० रुपैयाँ २३ पैसा कायम भएको छ । त्यस्तै कुमारी इक्वीटी फण्डको न्याभ वैशाख मसान्तसम्म १० रुपैयाँ १ पैसा रहेको छ । चैत महीनामा यस फण्डको न्याभ १० रुपैयाँ २८ पैसा थियो ।  त्यस्तै कुमारी धनवृद्धि योजनाले वैशाख मसान्तसम्म रू. ३ करोड ४ लाख नाफा कमाएको छ । यो नाफा चैतको तुलनामा ४५ प्रतिशत कम हो । चैत मसान्तसम्म फण्डले रू. ५ करोड ५५ लाख नाफा कमाएको थियो । वैशाख महीनामा फण्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो । चैत मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. ७ करोड २५ लाख रहेकोमा वैशाख मसान्तमा घटेर रू. ४ करोड ९२ लाखमा झरेको हो । सूचीकृत धितोपत्रमा लगानी भने बढाएको छ । फण्डले चैत मसान्तसम्म सूचीकृत धितोपमा रू. ४७ करोड ५६ लाख लगानी गरेकोमा वैशाख मसान्तसम्म रू. ५४ करोड ४८ लाख पुगेको छ ।  कुमारी इक्वीटी फण्ड भने वैशाख मसान्तसम्म रू. ३ करोड २५ लाख नोक्सानीमा रहेको छ । चैत महीनामा पनि फण्ड रू. ५४ लाख ४२ हजार नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी बढेको छ । फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले फण्डको नोक्सानी बढेको हो । चैत मसान्तसम्म फण्डले रू. ८८ लाख २२ हजार आम्दानी गरेको थियो । वैशाख मसान्तमा भने फण्डको जम्मा आम्दानी रू. १ करोड ६६ लाख ऋणात्मक रहेको छ । वैशाख मसान्तसम्म फण्डले सूचीकृत धितोपत्रमा रू. ५८ करोड ४६ लाख लगानी गरेको छ । कुमारी इक्वीटीको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् कुमारी धनवृद्धि योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

सम्बन्धित सामग्री

कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले सूचीकृत धितोपत्रमा लगानी बढाए

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्वीटी फण्डले माघ महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डले पुस महीनाको तुलनामा माघ महीनामा सूचीकृत शेयरमा लगानी बढाएका छन् ।  कुमारी इक्वीटी फण्डले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७१ करोड ३९ लाख लगानी गरेकोमा माघ मसान्तमा बढाएर रू. ७२ करोड १२ लाख पुर्‍याएको छ । त्यस्तै कुमारी धनवृद्धि योजनाले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८० करोड ५३ लाख लगानी गरेकोमा माघ मसान्तमा बढाएर रू. ८२ करोड ८५ लाख पुगेको छ । यस योजनाको न्याभ भने पुसको तुलनामा माघ महीनामा घटेको छ । पुस मसान्तमा योजनाको न्याभ ११ रुपैयाँ ६ पैसा रहेकोमा माघ मसान्तमा घटेर १० रुपैयाँ ९० पैसामा झरेको हो । त्यस्तै योजनाले माघ मसान्तसम्ममा रू. ४ करोड ६७ लाख नाफा कमाएको छ । यो नाफा पुसको तुलनामा भने २९ प्रतिशत कम हो । पुस मसान्तमा फण्डले ६ करोड ५८ लाख नाफा कमाएको थियो । माघ महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । पुस मसान्तमा फण्डको कुल आम्दानी रू. ७ करोड ७७ लाख रहेकोमा माघ मसान्तमा घटेर रू. ६ करोड ५ लाखमा झरेको छ ।  कुमारी इक्वीटी फण्डको न्याभ पनि पुसको तुलनामा माघ महीनामा घटेको छ । पुस मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ४४ पैसा रहेकोमा माघ मसान्तमा घटेर १० रुपैयाँ ३२ पैसामा झरेको हो । यस फण्डले माघ मसान्तसम्ममा रू. २ करोड ९४ लाख नाफा कमाएको छ । यो नाफा पुस महीनाको तुलनामा २८ दशमलव ९१ प्रतिशत कम हो । सो अवधिमा फण्डले रू. ४ करोड १४ लाख नाफा कमाएको थियो । माघ महीनामा फण्डको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । पुस मसान्तमा फण्डको जम्मा आम्दानी रू. ५ करोड ८ लाख रहेकोमा माघ मसान्तमा झरेर रू. ४ करोड ३ लाखमा झरेको छ ।  कुमारी इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् कुमारी धनवृद्धि योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

कुमारी सामूहिक लगानी कोषको तीनओटै फण्ड नोक्सानीमा

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित तीनओटा फण्डले कात्तिकको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । कुमारी इक्वीटी फण्ड, कुमारी सुनौलो लगानी योजना र कुमारी धनवृद्धि योजनाले कात्तिकको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । उक्त वित्तीय विवरण अनुसार कात्तिकमा यी तीनओटै फण्ड नोक्सानीमा छन् ।  कुमारी इक्वीटी फण्ड कात्तिक मसान्तमा रू. ६ करोड १४ लाख नोक्सानीमा छ । असोजमा पनि फण्ड रू. ६ करोड ६ लाख नोक्सानीमा थियो । त्यस्तै कुमारी सुनौलो लगानी योजना कात्तिक मसान्तमा रू. २ करोड १३ लाख, कुमारी धनवृद्धि योजना रू. ७ करोड २४ लाख नोक्सानीमा रहेका हुन् ।  यी फण्डहरू असोजमा पनि नोक्सानीमा थिए ।  कुमारी सुनौलो लगानी योजना न्याभ कात्तिक मसान्तमा १० रुपैयाँ ७ पैसा छ । यस फण्डको न्याभ असोज मसान्तमा १० रुपैयाँ ८ पैसा थियो । यस फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २५ करोड ४१ लाख लगानी गरेको थियो । यो लगानी असोज मसान्तमा रू. २४ करोड १ लाख थियो ।  कुमारी धनवृद्धि योजनाले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७९ करोड ४ लाख लगानी गरेको छ । यो लगानी असोज मसान्तमा रू. ७६ करोड ८४ लाख थियो ।  यस आधारमा फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । यस फण्डको न्याभ भने असोजको तुलनामा कात्तिकमा घटेको छ । असोज मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ९५ पैसा रहेकोमा कात्तिक मसान्तमा घटेर ९ रुपैयाँ ९३ पैसामा झरेको छ ।  कुमारी इक्वीटी फण्डले कात्तिक मसान्तमा सूचीकृत शेयरमा रू. ६८ करोड ५९ लाख लगानी गरेको छ ।  यो लगानी असोज मसान्तमा रू.६५ करोड ६४ लाख थियो ।  कुमारी इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  कुमारी सुनौलो लगानी योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  कुमारी धनवृद्धि योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

असोज महीनामा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित तीनओटै फण्ड नोक्सानीमा

काठमाडौं  । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड,कुमारी धनवृद्धि योजना र कुमारी सुनौलो लगानी योजनाले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्ड नोक्सानीमा रहेका हुन ।  कुमारी इक्वीटी फण्डले असोज मसान्तमा रू. ६ करोड ६ लाख नोक्सानी ब्यहोरेको छ । यस फण्ड भदौ मसान्तमा पनि रू. २ करोड ९५ लाख नोक्सानीमा थियो । त्यस्तै कुमारी धनवृद्धि योजना पनि असोज मसान्तमा रू. ६ करोड ९७ लाख नोक्सानीमा रहेको छ । सो अवधिमा कुमारी सुनौलो लगानी योजनाले रू. २ करोड ७ लाख नोक्सानीमा रहेको हो । यी तीन ओट फण्ड भदौ मसान्तमा पनि नोक्सानीमा थिए । असोज महीनामा फण्डहरुको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा रहेका हुन ।  कुमारी इक्वीटी फण्डको न्याभ भदौ मसान्तमा ९ रुपैयाँ ७३ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ४२ पैसामा झरेको छ । यस फण्डले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६५ करोड ६४ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तमा भने  रू.७० करोड १९ लाख थियो ।  कुमारी धनवृद्धि योजनाले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७६ करोड ८४ लाख लगानी गरेको छ । यो लगानी भदौ मुसान्तसम्मा भने रू. ७५ करोड ५४ लाख थियो । यस फण्डको न्याभ भदौको तुलनामा असोज महीनामा घटेको छ ।  भदौ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ १९ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ९५ पैसा कायम भएको हो ।  त्यस्तै कुमारी सुनौलो लगानी योजनाले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २४ करोड १ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तसम्ममा रू. २३ करोड २४ लाख थियो । यस फण्डको न्याभ असोज मसान्तसम्ममा  १० रुपैयाँ ०८ पैसा रहेको छ । भदौ मसान्तमा भने १० रुपैयाँ ४० पैसा थियो ।  कुमारी इक्वीटी फण्डको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस  कुमारी सुनौलो लगानी योजनाको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस  कुमारी धनवृद्धि योजनाको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस

कुमारी धनवृद्धि योजना र कुमारी इक्वीटी फण्डको न्याभ घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले साउन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डको न्याभ असार मसान्तको तुलनामा साउन मसान्तमा घटेको छ । कुमारी धनवृद्धि योजनाको न्याभ असार मसान्तमा ११ रुपैयाँ १२ पैसा रहेकोमा साउन मसान्तमा घटेर १० रुपैयाँ ८७ पैसामा झरेको हो । त्यस्तै कुमारी इक्वीटी फण्टको न्याभ असार मसान्तमा ११ रुपैयाँ ३ पैसा रहेकोमा साउन मसान्तमा १० रुपैयाँ ८१ पैसमा कायम भएको छ । यस फण्डले असार मसान्तमा रू. ६ करोड ९१ लाख नाफा कमाएकोमा साउन मसान्तमा रू. २ करोड १७ लाख नोक्सानीमा गएको हो । साउन मसान्तमा यस फण्डको जम्मा आम्दानी रू. १ करोड ९८ लाख ऋणात्मक रहेको छ । सोही कारण फण्ड नोक्सानीमा रहेको हो । यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७१ करोड ३४ लाख लगानी गरेको छ ।  कुमारी धनवृद्धि योजना पनि साउन मसान्तसम्ममा रू. २ करोड ७९ लाख नोक्सानीमा रहेको छ । यस फण्ड असार मसान्तसम्ममा भने रू. १३ करोड ९८ लाख नाफामा थियो । साउन महीनामा फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा रहेको हो । यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७६ करोड ३ लाख लगानी गरेको छ ।    कुमारी धनवृद्धि योजनाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस  कुमारी इक्वीटी फण्डको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

कुमारी सामूहिक लगानी कोषका तीनओटै फण्डको न्याभ बढ्यो

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड, कुमारी धनवृद्धि योजना र कुमारी सुनौलो योजनाले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्डको न्याभ जेठ मसान्तको तुलनामा असार मसान्तमा बढेको छ ।  कुमारी इक्वीटी फण्डको न्याभ जेठ मसान्तमा १० रुपैयाँ ०१ पैसा रहेकोमा असार मसान्तमा १० रुपैयाँ ७२ पैसा पुगेको छ । त्यस्तै कुमारी धनवृद्धि योजनाको न्याभ असार मसान्तमा ११ रुपैयाँ १२ पैसा पुगेको छ । यस फण्डको न्याभ जेठ मसान्तमा १० रुपैयाँ ८५ पैसा थियो ।  कुमारी सुनौलो योजनाको न्याभ जेठ मसान्तमा १० रुपैयाँ ४३ पैसा रहेकोमा असार मसान्तमा बढेर १० रुपैयाँ ६५ पैसा पुगेको छ । न्याभसँगै यस फण्डको नाफा पनि वृद्धि भएको छ । फण्डले जेठ मसान्तसम्ममा रू. १ करोड ५९ लाख नाफा कमाएकोमा असार मसान्तमा रू. २ करोड ३८ लाख पुगेको छ । असारमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । असार मसान्तसम्ममा यस फण्डले सूचीकृत धितोपत्रमा रू. २८ करोडभन्दा बढी लगानी गरेको छ ।  त्यस्तै कुमारी धनवृद्धि योजनाले असार मसान्तसम्ममा रू. १३ करोड ९८ लाख नाफा कमाएको छ । जेठ मसान्तमा योजनाको नाफा रू. १० करोड ६६ लाख थियो । यस फण्डले जेठ मसान्तमा सूचीकृत शेयरमा रू. ६७ करोड ७२ लाख लगानी गरेकोमा असार मसान्तमा बढाएर रू. ८६ करोड २३ लाख पुर्‍याएको छ ।  त्यस्तै कुमारी इक्वीटी फण्डले पनि सूचीकृत शेयरमा लगानी बढाएको छ । जेठ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ५८ करोड ४६ लाख लगानी गरेकोमा असार मसान्तमा बढाएर रू. ६८ करोड ३० लाख पुर्‍याएको हो । यस फण्डको नाफा जेठ मसान्तमा रू. ३ करोड २५ लाख ऋणात्मक रहेकोमा असार मसान्तमा रू. ३ करोड ८५ लाख धनात्मक भएको छ । असारमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा भएको हो ।  कुमारी इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला कुमारी धनवृद्धि योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला कुमारी सुनौलो योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

कुमारी धनवृद्धि योजना र कुमार इक्वीटी फण्डको न्याभ बढ्यो, नाफा कति ?

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार दुवै फण्डको न्याभ मङ्सिर महीनाको तुलनामा पुुस महीनामा बढेको छ । कुमारी इक्वीटीको न्याभ मङ्सिर महीनामा रू. १० दशमलव २५ रहेकोमा पुस महीनामा बढेर रू. ११ दशमलव १० पुगेको छ । त्यस्तै कुमारी धनवृद्धि योजनाको न्याभ मङ्सिर महीनामा रू. १० दशमलव १५ रहेकोमा पुस महीनामा बढेर रू. १० दशमलव ६८ पुगेको छ ।  त्यस्तै कुमारी धनवृद्धि योजनाको नाफा मङ्सिरको तुलनामा पुस महीनामा ४ दशमलव १५ गुणा वृद्धि भएको छ । फण्डले मङ्सिर मसान्तसम्म रू. २ करोड ६ लाख नाफा कमाएकोमा पुस मसान्तसम्म बढेर रू. ८ करोड ६० लाख पुगेको छ । पुस महीनामा यस फण्डको आम्दानी वृद्धि भएको छ । मङ्सिर मसान्तसम्म फण्डले कुल रू. ३ करोड आम्दानी गरेकोमा पुस मसान्तसम्ममा बढेर रू. ९ करोड ७३ लाख पुगेको छ ।  त्यस्तै कुमारी इक्वीटी फण्डले पनि पुस मसान्तसम्ममा रू. ७ करोड ६७ लाख नाफा कमाएको छ । मङ्सिर मसान्तसम्म यस फण्डले रू. ८६ लाख ३२ हजार नोक्सानी व्यहोरेको थियो । यस फण्डले पुस मसान्तसम्ममा रू. ८ करोड ६६ लाख आम्दानी गर्न सफल भएकोले नाफा सुधारिएको हो । मङ्सिर मसान्तसम्ममा फण्डको आम्दानी रू. ६ लाख १३ हजार ऋणात्मक थियो ।  पुस महीनामा शेयर बजार बढेसँगै म्युचुअल फण्डको न्याभलगायत नाफामा सुधार आएको छ । म्युचुअल फण्डहरूले आफ्नो अधिकांश फण्ड शेयर बजारमा लगानी गरेका हुन्छन् । सोही कारण शेयर बजारको घटबढसँगै फण्डको नाफा÷नोक्सानलगायत न्याभमा असर परेको देखिन्छ ।