कुमारी इक्वीटी फण्ड बाँडफाँड

कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्र्तगत ञ्ंचालन हुने कुमारी इक्वीटी फण्डको प्रतिइकाई १० रुपैयाँका दरको ८ करोड इकाईका लागि फागुन १४ देखि फागुन २८ सम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा माग भन्दा अधिक दरखास्त पर्न आएकोले सामूहिक लगानी कोष निर्देशिका अनुसार अधिकतम २५ प्रतिशत थप गर्न सक्ने प्रावधान अनुसार […]

सम्बन्धित सामग्री

कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाको न्याभ बढ्यो

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले फागुन महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डको न्याभ माघ महीनाको तुलनामा फागुन महीनामा वृद्धि भएको छ । कुमारी इक्वीटी फण्डको न्याभ माघ मसान्तमा १० रुपैयाँ ३२ पैसा रहेकोमा फागुन मसान्तमा बढेर १० रुपैयाँ ३५ पैसा पुगेको हो ।  कुमारी धनवृद्धि योजनाको न्याभ माघ मसान्तमा १० रुपैयाँ ९० पैसा रहेकोमा फागुन मसान्तमा बढेर १० रुपैयाँ ९६ पैसा पुगेको हो । त्यस्तै यस फण्डले फागुन मसान्तसम्ममा रू. ५ करोड ३९ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तसम्ममा रू. ४ करोड  ६७ लाख थियो । फागुन महीनामा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो ।  माघ महीनामा फण्डको जम्मा आम्दानी रू. ६ करोड ५ लाख रहेकोमा फागुन महीनामा बढेर रू. ६ करोड ९६ लाख पुगेको हो ।  त्यस्तै कुमारी इक्वीटी फण्डको नाफा पनि माघ महीनाको तुलनामा फागुन महीनामा वृद्धि भएको छ । माघ मसान्तमा फण्डले रू. २ करोड ९४ लाख नाफा कमाएकोमा फागुन मसान्तसम्ममा बढेर रू. ३ करोड २६ लाख पुगेको हो । फागुन महीनामा यस फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ४ करोड ३ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ४ करोड ४९ लाख पुगेको छ ।   कुमारी इक्वीटी फण्डकाे रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस् कुमारी धनवृद्धि योजनाकाे रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले सूचीकृत धितोपत्रमा लगानी बढाए

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्वीटी फण्डले माघ महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डले पुस महीनाको तुलनामा माघ महीनामा सूचीकृत शेयरमा लगानी बढाएका छन् ।  कुमारी इक्वीटी फण्डले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७१ करोड ३९ लाख लगानी गरेकोमा माघ मसान्तमा बढाएर रू. ७२ करोड १२ लाख पुर्‍याएको छ । त्यस्तै कुमारी धनवृद्धि योजनाले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८० करोड ५३ लाख लगानी गरेकोमा माघ मसान्तमा बढाएर रू. ८२ करोड ८५ लाख पुगेको छ । यस योजनाको न्याभ भने पुसको तुलनामा माघ महीनामा घटेको छ । पुस मसान्तमा योजनाको न्याभ ११ रुपैयाँ ६ पैसा रहेकोमा माघ मसान्तमा घटेर १० रुपैयाँ ९० पैसामा झरेको हो । त्यस्तै योजनाले माघ मसान्तसम्ममा रू. ४ करोड ६७ लाख नाफा कमाएको छ । यो नाफा पुसको तुलनामा भने २९ प्रतिशत कम हो । पुस मसान्तमा फण्डले ६ करोड ५८ लाख नाफा कमाएको थियो । माघ महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । पुस मसान्तमा फण्डको कुल आम्दानी रू. ७ करोड ७७ लाख रहेकोमा माघ मसान्तमा घटेर रू. ६ करोड ५ लाखमा झरेको छ ।  कुमारी इक्वीटी फण्डको न्याभ पनि पुसको तुलनामा माघ महीनामा घटेको छ । पुस मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ४४ पैसा रहेकोमा माघ मसान्तमा घटेर १० रुपैयाँ ३२ पैसामा झरेको हो । यस फण्डले माघ मसान्तसम्ममा रू. २ करोड ९४ लाख नाफा कमाएको छ । यो नाफा पुस महीनाको तुलनामा २८ दशमलव ९१ प्रतिशत कम हो । सो अवधिमा फण्डले रू. ४ करोड १४ लाख नाफा कमाएको थियो । माघ महीनामा फण्डको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । पुस मसान्तमा फण्डको जम्मा आम्दानी रू. ५ करोड ८ लाख रहेकोमा माघ मसान्तमा झरेर रू. ४ करोड ३ लाखमा झरेको छ ।  कुमारी इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् कुमारी धनवृद्धि योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

कुमारी सामूहिक लगानी कोषको तीनओटै फण्ड नोक्सानीमा

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित तीनओटा फण्डले कात्तिकको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । कुमारी इक्वीटी फण्ड, कुमारी सुनौलो लगानी योजना र कुमारी धनवृद्धि योजनाले कात्तिकको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । उक्त वित्तीय विवरण अनुसार कात्तिकमा यी तीनओटै फण्ड नोक्सानीमा छन् ।  कुमारी इक्वीटी फण्ड कात्तिक मसान्तमा रू. ६ करोड १४ लाख नोक्सानीमा छ । असोजमा पनि फण्ड रू. ६ करोड ६ लाख नोक्सानीमा थियो । त्यस्तै कुमारी सुनौलो लगानी योजना कात्तिक मसान्तमा रू. २ करोड १३ लाख, कुमारी धनवृद्धि योजना रू. ७ करोड २४ लाख नोक्सानीमा रहेका हुन् ।  यी फण्डहरू असोजमा पनि नोक्सानीमा थिए ।  कुमारी सुनौलो लगानी योजना न्याभ कात्तिक मसान्तमा १० रुपैयाँ ७ पैसा छ । यस फण्डको न्याभ असोज मसान्तमा १० रुपैयाँ ८ पैसा थियो । यस फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २५ करोड ४१ लाख लगानी गरेको थियो । यो लगानी असोज मसान्तमा रू. २४ करोड १ लाख थियो ।  कुमारी धनवृद्धि योजनाले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७९ करोड ४ लाख लगानी गरेको छ । यो लगानी असोज मसान्तमा रू. ७६ करोड ८४ लाख थियो ।  यस आधारमा फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । यस फण्डको न्याभ भने असोजको तुलनामा कात्तिकमा घटेको छ । असोज मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ९५ पैसा रहेकोमा कात्तिक मसान्तमा घटेर ९ रुपैयाँ ९३ पैसामा झरेको छ ।  कुमारी इक्वीटी फण्डले कात्तिक मसान्तमा सूचीकृत शेयरमा रू. ६८ करोड ५९ लाख लगानी गरेको छ ।  यो लगानी असोज मसान्तमा रू.६५ करोड ६४ लाख थियो ।  कुमारी इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  कुमारी सुनौलो लगानी योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  कुमारी धनवृद्धि योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

कुमारी धनवृद्धि योजना र कुमारी इक्वीटी फण्डको न्याभ घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले साउन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डको न्याभ असार मसान्तको तुलनामा साउन मसान्तमा घटेको छ । कुमारी धनवृद्धि योजनाको न्याभ असार मसान्तमा ११ रुपैयाँ १२ पैसा रहेकोमा साउन मसान्तमा घटेर १० रुपैयाँ ८७ पैसामा झरेको हो । त्यस्तै कुमारी इक्वीटी फण्टको न्याभ असार मसान्तमा ११ रुपैयाँ ३ पैसा रहेकोमा साउन मसान्तमा १० रुपैयाँ ८१ पैसमा कायम भएको छ । यस फण्डले असार मसान्तमा रू. ६ करोड ९१ लाख नाफा कमाएकोमा साउन मसान्तमा रू. २ करोड १७ लाख नोक्सानीमा गएको हो । साउन मसान्तमा यस फण्डको जम्मा आम्दानी रू. १ करोड ९८ लाख ऋणात्मक रहेको छ । सोही कारण फण्ड नोक्सानीमा रहेको हो । यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७१ करोड ३४ लाख लगानी गरेको छ ।  कुमारी धनवृद्धि योजना पनि साउन मसान्तसम्ममा रू. २ करोड ७९ लाख नोक्सानीमा रहेको छ । यस फण्ड असार मसान्तसम्ममा भने रू. १३ करोड ९८ लाख नाफामा थियो । साउन महीनामा फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा रहेको हो । यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७६ करोड ३ लाख लगानी गरेको छ ।    कुमारी धनवृद्धि योजनाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस  कुमारी इक्वीटी फण्डको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाको न्याभ घट्यो,अन्य सूचक कस्ता ?

काठमाडौं । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार दुवै फण्डको न्याभ चैत महीनाको तुलनामा वैशाखमा केही घटेको छ । कुमारी धनवृद्धि योजनाको न्याभ चैत मसान्तसम्म १० रुपैयाँ ४० पैसा रहेकोमा वैशाख मसान्तमा १० रुपैयाँ २३ पैसा कायम भएको छ । त्यस्तै कुमारी इक्वीटी फण्डको न्याभ वैशाख मसान्तसम्म १० रुपैयाँ १ पैसा रहेको छ । चैत महीनामा यस फण्डको न्याभ १० रुपैयाँ २८ पैसा थियो ।  त्यस्तै कुमारी धनवृद्धि योजनाले वैशाख मसान्तसम्म रू. ३ करोड ४ लाख नाफा कमाएको छ । यो नाफा चैतको तुलनामा ४५ प्रतिशत कम हो । चैत मसान्तसम्म फण्डले रू. ५ करोड ५५ लाख नाफा कमाएको थियो । वैशाख महीनामा फण्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो । चैत मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. ७ करोड २५ लाख रहेकोमा वैशाख मसान्तमा घटेर रू. ४ करोड ९२ लाखमा झरेको हो । सूचीकृत धितोपत्रमा लगानी भने बढाएको छ । फण्डले चैत मसान्तसम्म सूचीकृत धितोपमा रू. ४७ करोड ५६ लाख लगानी गरेकोमा वैशाख मसान्तसम्म रू. ५४ करोड ४८ लाख पुगेको छ ।  कुमारी इक्वीटी फण्ड भने वैशाख मसान्तसम्म रू. ३ करोड २५ लाख नोक्सानीमा रहेको छ । चैत महीनामा पनि फण्ड रू. ५४ लाख ४२ हजार नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी बढेको छ । फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले फण्डको नोक्सानी बढेको हो । चैत मसान्तसम्म फण्डले रू. ८८ लाख २२ हजार आम्दानी गरेको थियो । वैशाख मसान्तमा भने फण्डको जम्मा आम्दानी रू. १ करोड ६६ लाख ऋणात्मक रहेको छ । वैशाख मसान्तसम्म फण्डले सूचीकृत धितोपत्रमा रू. ५८ करोड ४६ लाख लगानी गरेको छ । कुमारी इक्वीटीको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् कुमारी धनवृद्धि योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

चैत मसान्तसम्म कुमारी इक्वीटी फण्ड रू. ५४ लाख ४२ हजार नोक्सानीमा

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फण्ड चैत मसान्तसम्म रू. ५४ लाख ४२ हजार नोक्सानीमा रहेको छ । फण्ड फागुन मसान्तसम्म पनि नोक्सानीमा थियो । फागुन महीनाको तुलनामा चैत महीनामा फण्डको नोक्सानी केही घटेको छ । फागुन मसान्तसम्म फण्ड रू. १ करोडभन्दा बढी नोक्सानीमा थियो । चैत महीनामा फण्डको आम्दानीमा वृद्धि भएसँगै नोक्सानी घटेको हो ।   फागुन मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. २२ लाख ५९ हजार रहेकोमा चैत मसान्तसम्म बढेर रू. ८८ लाख २२ हजार पुगेको छ । त्यस्तै फण्डको न्याभ फागुन महीनाको तुलनामा चैत महीनामा बढेको छ । फागुन मसान्तसम्म फण्डको न्याभ रू. १० दशमलव २३ रहेकोमा चैत मसान्तमा बढेर रू. १० दशमलव २८ पुगेको हो । त्यस्तै फण्डले चैत मसान्तसम्म सूचीकृत शेयरमा रू. ५८ करोड ४४ लाख लगानी गरेको छ । यो लगानी फागुन मसान्तसम्म रू. ५८ करोड ४१ लाख थियो ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

कुमारी इक्वीटी फण्ड फागुनमा १ करोडभन्दा बढी नोक्सानीमा

काठमाडौं । कुमारी इक्वीटी फण्ड फागुन महिनामा रू. १ करोड ४ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । माघ मसान्तसम्म रू. ४ करोड ९५ लाखभन्दा बढी नाफामा रहेको कम्पनी फागुन महीनामा भने खर्च बढेका कारण नोक्सानीमा गएको हो ।  फागुनमा योजनाले रू. २२ लाख ५९ लाखभन्दा बढी आम्दानी गरेको योजनाले रू. १ करोड २७ लाखभन्दा बढी खर्च गरेको छ । माघ महिनामा भने योजनाले रू. ६ करोड ७ लाखभन्दा बढी आम्दानी गरेकोमा रू. १ करोड ११ लाखभन्दा बढी खर्च गरेको थियो । फागुन मसान्तसम्म योजनाले धितोपत्रमा कमिसन सहित रू. ९८ करोड ९१ लाखभन्दा बढी लगानी गरेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने रू. ७७ करोड ११ लाखभन्दा बढी मात्र रहेको छ । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा रू. ७ करोड लगानी गरेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०७७ सालदेखि सञ्चालनमा रहेको छ । फागुन मसान्तसम्म योजनको प्रतिइकाई खुद मूल्य रू. १० दशमलव २३ छ । यो मूल्य माघ मसान्तसम्म रू. १० दशमलव ८३ रहेको थियो । यस योजना सञ्चालनका लागि १० करोड इकाई जारी गरिएको थियो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

कुमारी इक्वीटी फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

चैत २२, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२४ धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । उक्त अवधिसम्ममा लक्ष्मी उन्नति कोष,कुमारी इक्वीटी फण्ड, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था,सानिमा इक्वीटी फण्ड र एनआइबिएल प्रगाति फण्डको इकाईमा उच्च खरीद माग रहेको  हो । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी लक्ष्मी उन्नति कोषको ५ लाख ४ हजार ६०० इकाई खरीद माग रहेको छ ।  त्यसैगरी कुमारी इक्वटी फण्डको ३ लाख ४५ हजार ६०० इकाई, नेष्डो समृद्ध लघुवित्तको १ लाख ३५ हजार ५०४ कित्ता,सानिमा इक्वीटी फण्डको १ लाख २९ हजार इकाई र एनआईबिएल प्रगति फण्डको १ लाख ११ हजार ६५० इकाई खरीद माग रहेको छ । यो समाचार पार्दासम्म नेप्से परिसूचक ५५ अंक घटेर २ हजार ४४३ दशलमव शून्य विन्दुमा झरेको छ भने कुल रू. १ अर्ब ९६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

कुमारी इक्वीटी फण्डसहित ५ ओटा धितोपत्रको उच्च खरीद माग

चैत १४, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको तीन घण्टाको अवधिमा कुमारी इक्वीटी फण्डसहित पाँच ओटा धितोपत्रको उच्च खरीद माग रहेको छ ।  कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये लक्ष्मी उन्नति कोष, इमर्जिङ्ग नेपाल,कुमारी इक्वीटी फण्ड, प्रभु सेलेक्ट फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम - २ को इकाईमा उच्च खरीद माग रहेको हो ।   त्यसैगरी इमर्जिङ नेपालको ३ लाख २३ हजार ५४ कित्ता,कुमारी इक्विटी फण्डको ३ लाख २१ हजार ८०० इकाई, प्रभु सेलेक्ट फण्डको २ लाख २१ हजार ५०० इकाई र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम- २ को १ लाख ८८हजार ५०० इकाई खरीद माग रहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३० दशमलव ८५ अंक घटेर २ हजार ५४१ दशलमव ४१ विन्दुमा झरेको छ  । उक्त अवधिसम्ममा कुल रू. १ अर्ब ७७ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

कुमारी बैंकले ‘कुमारी ईक्वीटी फण्ड’ निष्काशन गर्दै

कुमारी बैंकले ८० करोड रुपैयाँ बराबरको ‘कुमारी इक्वीटी फण्ड’ निष्काशन गर्ने भएको छ । बैंकले फागुन १४ गते शुक्रबारदेखि सो फण्ड सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।बैंकले निष्काशन गर्ने ‘कुमारी इक्वीटी फण्ड’ को बिक्री प्रबन्धक कुमारी क्यापिटल व्यवस्थापक रहेको छ । १० वर्षे बन्दमुखि योजना रहेको १० रुपैयाँ अकित दरको ८ करोड […]