कुमारी सामूहिक लगानी कोषको तीनओटै फण्ड नोक्सानीमा

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित तीनओटा फण्डले कात्तिकको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । कुमारी इक्वीटी फण्ड, कुमारी सुनौलो लगानी योजना र कुमारी धनवृद्धि योजनाले कात्तिकको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । उक्त वित्तीय विवरण अनुसार कात्तिकमा यी तीनओटै फण्ड नोक्सानीमा छन् ।  कुमारी इक्वीटी फण्ड कात्तिक मसान्तमा रू. ६ करोड १४ लाख नोक्सानीमा छ । असोजमा पनि फण्ड रू. ६ करोड ६ लाख नोक्सानीमा थियो । त्यस्तै कुमारी सुनौलो लगानी योजना कात्तिक मसान्तमा रू. २ करोड १३ लाख, कुमारी धनवृद्धि योजना रू. ७ करोड २४ लाख नोक्सानीमा रहेका हुन् ।  यी फण्डहरू असोजमा पनि नोक्सानीमा थिए ।  कुमारी सुनौलो लगानी योजना न्याभ कात्तिक मसान्तमा १० रुपैयाँ ७ पैसा छ । यस फण्डको न्याभ असोज मसान्तमा १० रुपैयाँ ८ पैसा थियो । यस फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २५ करोड ४१ लाख लगानी गरेको थियो । यो लगानी असोज मसान्तमा रू. २४ करोड १ लाख थियो ।  कुमारी धनवृद्धि योजनाले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७९ करोड ४ लाख लगानी गरेको छ । यो लगानी असोज मसान्तमा रू. ७६ करोड ८४ लाख थियो ।  यस आधारमा फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । यस फण्डको न्याभ भने असोजको तुलनामा कात्तिकमा घटेको छ । असोज मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ९५ पैसा रहेकोमा कात्तिक मसान्तमा घटेर ९ रुपैयाँ ९३ पैसामा झरेको छ ।  कुमारी इक्वीटी फण्डले कात्तिक मसान्तमा सूचीकृत शेयरमा रू. ६८ करोड ५९ लाख लगानी गरेको छ ।  यो लगानी असोज मसान्तमा रू.६५ करोड ६४ लाख थियो ।  कुमारी इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  कुमारी सुनौलो लगानी योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  कुमारी धनवृद्धि योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

शेयरमा बुझेर मात्रै लगानी गरौँ : अध्यक्ष हमाल

नेपाली पुँजीबजार दुई वर्षदेखि शिथिल छ। धितोपत्र बजारका लगानीकर्ता निरास छन्। प्रिमियममा आईपीओ जारी गर्ने कम्पनीको शेयर मूल्यले लगातार नकारात्मक सर्किट लागेर नयाँ रेकर्ड बनाइरहेको छ। यिनै विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालसँग न्युज एजेन्सी नेपालले संक्षिप्त कुराकानी गरेको छ। अध्यक्ष हमालसँग गरेको कुराकानीको सम्पादित अंश। धितोपत्र बजार सुधारका लागि के गर्दै हुनुहुन्छ ?मेरो कार्यकाल सकिनै लागेको छ। अहिले तीन चारवटा कुरा सुधार गर्न खाजेका छौँ। सामूहिक लगानी कोष (म्युचुअल फण्ड)

असोज महीनामा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित तीनओटै फण्ड नोक्सानीमा

काठमाडौं  । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड,कुमारी धनवृद्धि योजना र कुमारी सुनौलो लगानी योजनाले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्ड नोक्सानीमा रहेका हुन ।  कुमारी इक्वीटी फण्डले असोज मसान्तमा रू. ६ करोड ६ लाख नोक्सानी ब्यहोरेको छ । यस फण्ड भदौ मसान्तमा पनि रू. २ करोड ९५ लाख नोक्सानीमा थियो । त्यस्तै कुमारी धनवृद्धि योजना पनि असोज मसान्तमा रू. ६ करोड ९७ लाख नोक्सानीमा रहेको छ । सो अवधिमा कुमारी सुनौलो लगानी योजनाले रू. २ करोड ७ लाख नोक्सानीमा रहेको हो । यी तीन ओट फण्ड भदौ मसान्तमा पनि नोक्सानीमा थिए । असोज महीनामा फण्डहरुको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा रहेका हुन ।  कुमारी इक्वीटी फण्डको न्याभ भदौ मसान्तमा ९ रुपैयाँ ७३ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ४२ पैसामा झरेको छ । यस फण्डले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६५ करोड ६४ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तमा भने  रू.७० करोड १९ लाख थियो ।  कुमारी धनवृद्धि योजनाले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७६ करोड ८४ लाख लगानी गरेको छ । यो लगानी भदौ मुसान्तसम्मा भने रू. ७५ करोड ५४ लाख थियो । यस फण्डको न्याभ भदौको तुलनामा असोज महीनामा घटेको छ ।  भदौ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ १९ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ९५ पैसा कायम भएको हो ।  त्यस्तै कुमारी सुनौलो लगानी योजनाले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २४ करोड १ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तसम्ममा रू. २३ करोड २४ लाख थियो । यस फण्डको न्याभ असोज मसान्तसम्ममा  १० रुपैयाँ ०८ पैसा रहेको छ । भदौ मसान्तमा भने १० रुपैयाँ ४० पैसा थियो ।  कुमारी इक्वीटी फण्डको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस  कुमारी सुनौलो लगानी योजनाको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस  कुमारी धनवृद्धि योजनाको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस

कुमारी सामूहिक लगानी योजना अन्तर्गतका दुवै म्युचुअल फण्डले लाभांश दिने

२८ साउन, काठमाडौं । कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेका छन् । १५ साउन बिहीबार बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैंठकले दुवै सामूहिक लगानी योजनाको आर्थिक वर्ष २०७९/८० को कमाइबाट इकाइधनीलाई प्रतिफल घोषणा गरेको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत […]

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई आईपीओ आरक्षण दिन सुझाब

प्राथमिक सेयर निष्कासन (आईपीओ)मा सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई आरक्षण भएजस्तै वैदेशिक रोजगारीमा गएका श्रमिकलाई पनि आरक्षण दिन धितोपत्र बोर्डले प्रस्ताव गरेको छ ।अर्थ मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन बोर्डले तयार गरिरहेको सुझावपत्रमा पनि यसलाई समावेश गर्न छलफल भइरहेको बोर्ड स्रोतले जनाएको छ ।सामूहिक लगानी कोषलाई प्राथमिक सेयरमा दिँदै आएको पाँच प्रतिशत […]

सामूहिक लगानी कोष भनेको के हो ? यसमा लगानी गर्दा कति फाइदा हुन्छ ?

नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये एक हो, सामूहिक लगानी कोष (म्युचुअल फण्ड) अन्तर्गत् सञ्चालित योजनाहरू । जसलाई एक उपयुक्त लगानी उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ । सामूहिक लगानी कोष दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने हुनाले पनि पछिल्लो केही वर्ष यता नेपालमा पनि […]

१४ ओटा सामूहिक लगानी कोष योजना सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा

पुस २९, काठमाडौं । धितोपत्रमा लगानी गरी नाफा कमाउने उद्देश्यसहित थप १४ ओटा सामूहिक लगानी कोष योजना सञ्चालनको तयारीमा रहेका छन् ।  नेपाल धितोपत्र बोर्डमा दुई ओटा खुलामुखी र १२ ओटा बन्दमुखी सामूहिक लगानीकोष योजना सञ्चालनका लागि योजना व्यवस्थापक कम्पनीहरुले निवेदन दिएका हुन् । नेपालमा मर्चेण्ट बैंकरहरुले सामूहिक लगानीकोष योजनाहरु सञ्चालन गर्दै आएका छन् ।  बोर्डको वेबसाइटलाई आधारमान्दा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले खुलामुखी योजना सञ्चालनका लागि नियामक निकायसँग अनुमति मागेका छन् । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले नबिल फ्लेक्सी क्याप फण्ड नामक खुलामुखी योजना सञ्चालनको तयारी गरेको हो ।  उक्त योजना सञ्चालनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङले रू. ७५ करोड बराबरको ७ करोड ५० लाख इकाई जारी गर्न लागेको हो । यस योजना सञ्चालनका लागि क्यापिटलले गत असार २७ गते नै निवेदन दिएको हो । हाल योजना सञ्चालन स्वीकृतिको प्रकृया प्रारम्भिक चरणमै रहेको देखिन्छ । लक्ष्मी क्यापिटलले सञ्चालनको तयारी गरेको शुभ लक्ष्मी कोष नामक खुला मुखी योजनका लागि भने रू. ५० करोड बराबरको ५ करोड इकाई विक्रीका लागि अनुमति मागिएको छ । खुलामुखी प्रकृतिको यस योजना सञ्चालनका लागि लक्ष्मी क्यापिटलले गत बैसाख ९ गते बोर्डमा निवेदन दिएको थियो । यस योजना सञ्चालनको स्वीकृति प्रकृया भने जवाफ र समीक्षाकै चरणमा रहको देखिन्छ । यी बाहेक एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड–२, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, कुमारी क्यापिटलले कुमारी धनवृद्धि योजना र कुमारी सुनौलो लगानी योजना, ग्लोबल आइएमई क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१, एनएमबि क्यापिटले एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड–२, सानिमा क्यापिटलले सानिमा ग्रोथ फण्ड, सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोड स्किम–३, प्रभु क्यापिटलले प्रभु स्मार्ट फण्ड, सिबिआइएल क्यापिटलले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सनराइज क्यापिटलले सनराइज फोकस्ड इक्वीटी फण्ड र एनआईबिएल एस क्यापिटलले एनआईबिएल ग्रोथ फण्ड नामक योजना सञ्चालन गर्न लागेका हुन् । असोजदेखि नै नियामक निकाय बोर्ड नेतृत्व बिहिन भएसँगै आईपीओ र सामूहिक लगानीकोष योजनाका लागि स्वीकृति दिने प्रकृयामा ढिलाई भइरहेको छ ।  अध्यक्ष पदपूर्तिका लागि आवेदन माग गरिएको छ । अझै बोर्डको अध्यक्ष पदपूर्तिका लागि केहि समय लाग्ने देखिन्छ । बोर्डको सञ्चालक समितिको निर्णयपछि मात्र काम कारवाही अघि बढाउनु पर्ने अवस्थाले पछिल्लो समय आईपीओ र सामूहिक लगानीकोष योजना सञ्चालनको अनुमति प्रकृया लम्बिएको जानकारी बोर्डले दिएको छ ।  हाल निमित्त अध्यक्षको जिम्मेवारी पाएका बोर्डका कार्यकारी निर्देशक निरज गिरीले यसअघि शर्त तोकेर स्वीकृति दिने व्यवस्था रहेकोमा हाल सञ्चालक समितिले शर्त पूरा गरेपछि मात्र स्वीकृति दिने व्यवस्था गरेको बताएका छन् । सोही व्यवस्थाका कारण पनि कतिपय कम्पनीको आईपीओ एवम् सामूहिक लगानीकोष योजना सञ्चालनको अनुमतिमा ढिलाई भएको जानकारी गिरीले दिए । स्वीकृतिको प्रारम्भिक चरणमा रहेका योजना :                                                                       स्रोतः नेपाल धितोपत्र बोर्ड

एनआईबीएल एस क्यापिटल फण्डमा लगानीको अवसर

एनआईबीएल एस क्यापिटलले सर्वसाधारणलाई लगानी गर्ने अवसर ल्याएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा लगानी गर्ने अवसर ल्याएको […]

एनआईबीएल एस क्यापिटलको लाभांश पुनः लगानी योजना

एनआईबीएल एस क्यापिटलले इकाईधनीहरुलाई एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत लाभांश पुनः लगानी योजनामा सहभागी हुन आग्रह गरेको छ ।तेस्रो सामूहिक लगानी कोष योजना ‘एनआईबीएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनामा सहभागी हुन कम्पनीले गत २०७७ चैत २४ गते सूचना प्रकाशित गरेको थियो। हालसम्म पनि सो योजनामा सहभागी नभएका इकाईधनीहरुलाई यथासीघ्र सहभागी हुन आग्रह गरिएको हो ।यस योजना […]

के हो म्युचुअल फण्ड ? किन लगानी गर्ने ?

नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये एक हो, सामूहिक लगानी कोष (म्युचुअल फण्ड) अन्तर्गत् सञ्चालित योजनाहरू । जसलाई एक उपयुक्त लगानी उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ । सामूहिक लगानी कोष दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने हुनाले पनि पछिल्लो केही वर्ष यता नेपालमा पनि […]