काठमाडौं । कुमारी इक्वीटी फण्ड फागुन महिनामा रू. १ करोड ४ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । माघ मसान्तसम्म रू. ४ करोड ९५ लाखभन्दा बढी नाफामा रहेको कम्पनी फागुन महीनामा भने खर्च बढेका कारण नोक्सानीमा गएको हो ।
फागुनमा योजनाले रू. २२ लाख ५९ लाखभन्दा बढी आम्दानी गरेको योजनाले रू. १ करोड २७ लाखभन्दा बढी खर्च गरेको छ । माघ महिनामा भने योजनाले रू. ६ करोड ७ लाखभन्दा बढी आम्दानी गरेकोमा रू. १ करोड ११ लाखभन्दा बढी खर्च गरेको थियो ।
फागुन मसान्तसम्म योजनाले धितोपत्रमा कमिसन सहित रू. ९८ करोड ९१ लाखभन्दा बढी लगानी गरेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने रू. ७७ करोड ११ लाखभन्दा बढी मात्र रहेको छ । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा रू. ७ करोड लगानी गरेको छ ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०७७ सालदेखि सञ्चालनमा रहेको छ । फागुन मसान्तसम्म योजनको प्रतिइकाई खुद मूल्य रू. १० दशमलव २३ छ । यो मूल्य माघ मसान्तसम्म रू. १० दशमलव ८३ रहेको थियो । यस योजना सञ्चालनका लागि १० करोड इकाई जारी गरिएको थियो ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।