काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले फागुन महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डको न्याभ माघ महीनाको तुलनामा फागुन महीनामा वृद्धि भएको छ । कुमारी इक्वीटी फण्डको न्याभ माघ मसान्तमा १० रुपैयाँ ३२ पैसा रहेकोमा फागुन मसान्तमा बढेर १० रुपैयाँ ३५ पैसा पुगेको हो ।
कुमारी धनवृद्धि योजनाको न्याभ माघ मसान्तमा १० रुपैयाँ ९० पैसा रहेकोमा फागुन मसान्तमा बढेर १० रुपैयाँ ९६ पैसा पुगेको हो । त्यस्तै यस फण्डले फागुन मसान्तसम्ममा रू. ५ करोड ३९ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तसम्ममा रू. ४ करोड ६७ लाख थियो । फागुन महीनामा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । माघ महीनामा फण्डको जम्मा आम्दानी रू. ६ करोड ५ लाख रहेकोमा फागुन महीनामा बढेर रू. ६ करोड ९६ लाख पुगेको हो ।
त्यस्तै कुमारी इक्वीटी फण्डको नाफा पनि माघ महीनाको तुलनामा फागुन महीनामा वृद्धि भएको छ । माघ मसान्तमा फण्डले रू. २ करोड ९४ लाख नाफा कमाएकोमा फागुन मसान्तसम्ममा बढेर रू. ३ करोड २६ लाख पुगेको हो । फागुन महीनामा यस फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ४ करोड ३ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ४ करोड ४९ लाख पुगेको छ ।
कुमारी इक्वीटी फण्डकाे रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्
कुमारी धनवृद्धि योजनाकाे रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्