पछिल्लो समय सर्वसाधारणमा बढेको लापरवाहीले कोरोना भाइरस संक्रमण महामारीको तेस्रो लहर झन् खतरनाक हुने चिन्ता भारतमा गर्न थालिएको छ ।
भारतको नीति आयोगले पत्रकार सम्मेलन गर्दै कोरोनाविरुद्ध भारतमा अझै ‘हर्ड इम्युनिटी’ प्राप्त नभएकाले उच्च जोखिम कायमै रहेको जनाएको छ ।
हाल भारतमा न्युनीकरण हुँदै गएको कोरोना भाइरसको नयाँ प्रकोप निम्तिने सम्भावनालाई नकार्न नसकिने आयोगले जनाएको छ । आसन्न महामारी रोक्न आगामी १२५ दिन धेरै महत्त्वपूर्ण हुने आयोगले जनाएको छ ।
नीति आयोगका स्वास्थ्य सदस्य डा. वीके पालले संक्रमण फैलिन...