अफगान सरकार ढाल्न तालिबानले बनायो खतरनाक रणनीति

अफगानिस्तानमा सरकारभन्दा तालिबानको कब्जा धेरै ठाउँमा छ ।  तालिबानले त्यहाँ ठूलै रणनीतिक अग्रता हासिल गरिसकेको छ । सीमा चौकीहरूमा तालिबानले कब्जा गरेकाले अफगान सरकारको राजस्व र आपूर्तिमा कमी आएको छ । एसिया टाइम्समा छापिएको रिपोर्टअनुसार, तालिबानले पाकिस्तान, इरान, ताजिकिस्तान र तुर्कमेनिस्तानलाई जोड्ने हेरात, फरहा, कन्दहार, कुन्दुज, तखर र बदख्शाँ प्रान्त भएर जाने सातवटा महत्त्वपूर्ण बाटोमा कब्जा गरेको छ । ती चौकीहरू हुँदै २.९ अर्ब अमेरिकी डलरको आयात निर्यात हुने गरेको छ ।  राष्ट्रपति अशरफ गानीको सरकारल...