हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्छ । अन्य मौसमभन्दा वर्षातको समयमा बढी देखा पर्छ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्सभन्दा पनि खतरनाक मानिन्छ । हेपाटाइटिसबाट मर्नेको सङ्ख्या एड्सबाट मर्नेको सङ्ख्याभन्दा १० गुणा बढी छ । मानव शरीरमा कलेजो महत्त्वपूर्ण अङ्ग हो । यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको सङ्क्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । मुख्य रूपमा हेपाटाइटि