काठमाण्डाै – आज आइतवार फूलपातीको दिन पनि दशैँ मान्न गाउँ जानेहरूको भिड लागेको छ ।
काठमाण्डाैका विभिन्न नाकाबाट दशैँ मान्नका लागि काठमाण्डाै उपत्यका छाेड्नेहरूको भिड लागेको हो । खासगरी थानकोट हुँदै बस छुट्ने र कोटेश्वर हुँदै बस छुट्ने ठाउँहरूमा बिहानैदेखि यात्रुको अत्यधिक भिड लागेको छ । सार्वजनिक गाडी र निजी गाडी पनि उत्तिकै मात्रामा सडकमा गुडिरहेका छन् ।
गाडीभित्र यात्रु भरिभराउ देखिन्छन् भने सडकमा गाडी कुर्नेहरूको लाइन पनि लामो देख्न सकिन्छ । धेरै गाडी चलेका कारण यात्रुले उपत्यका छोड्न ...