दशैंमा गाउँ फर्किनेको भीड, राजमार्ग अस्तव्यस्त

काभ्रे : जिल्लाको बसपार्क क्षेत्रमा दशैँ (म्हेनिङ)मा आफ्नो गाउँघर फर्किनेको भीड लागेको छ। विभिन्न पेशा‚ व्यवसाय तथा अध्ययन र नोकरी गरेर शहरमा बस्नेहरू दशैँ (म्हेनिङ)का लागि घर फर्किन थालेकाले बसपार्कमा अत्यधिक भीड भएको हो। जिल्लासँगै संघीय राजधानी काठमाडौँमा बसोबास गर्ने सिन्धुली, रामेछाप, दोलखा, सर्लाही, मोरङ, झापालगायत जिल्लाकासमेत अरनिको र विपी राजमार्ग हुँदै गाउँ फर्किन थालेसँगै काभ्रेका बनेपा, धुलिखेलका काभ्रेभन्ज्याङ क्षेत्रमा सवारीको लाम लागेको छ।जिल्लाभित्र