दशैँ सुरु भएसँगै किनमेल गर्नेको भीड (फोटो फिचर)

काठमाडौं : हिन्दू नेपालीको महान पर्व बडादशैँ विधिवत रुपमा सोमबारदेखि सुरु भएको छ। सोमबार घरघरमा घटस्थापना गरी जमरा राखिएको छ। समृद्धिको प्रतीक मानिने जमरा विजयादशमीका दिन टीकासँगै नवदुर्गाको प्रसादका रुपमा ग्रहण गर्ने प्रचलन छ। घटस्थापना लागेसँगै विद्यालय र कलेजहरू विदा भएपछि पढाइका सिलसिलामा काठमाडौं  बसेकाहरु गाउँ फर्कन थालेका छन्। दशैँ सुरु भएसँगै बजारमा किनमेल गर्नेको पनि भीड सुरु भएको छ। दशैँमा विशेषगरी नयाँ लुगा लगाउने प्रचलनका कारण कपडाको व्यापार धे