काठमाण्डाै – दशैँ मनाउन जिल्ला गएका मन्त्री, कर्मचारी नफर्किँदा देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबार सुनसान बनेको छ । दशैँ सकिएर सरकारी कार्यालयहरू खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन ।
नेता र मन्त्रीहरू चुनाव प्रयाेजनका लागि जिल्ला जाने क्रम बढेसँगै सिंहदरबार सुनसान बनेको छ । मन्त्रीहरू चुनावका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता/कार्यकर्ता र सर्वसाधारणको भिड कम छ ।
आज मङ्गलवार पनि सिंहदरबारमा मानिसको आवतजावत निक...