नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्रै राज्यलाई आफ्नो चलअचल सम्पती नदिएको जवाफ दिएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता खनालले आफुले ओलीभन्दा १५ वर्ष अगाडि आफु प्रधानमन्त्री भएको र त्यसबेला आफुले राज्यलाई ५५ रोपनी जग्गा दिएको बताएका हुन् । ‘उहाँले मैले सबै श्री सम्पती, चल अचल सम्पती राज्यलाई बुझाएँ त्यस्तो अरु कोही छ भन्नुभो ? मलाई यसको जवाफ दिन खसखस लागिहाल्यो’, खनालले ओलीलाई जवाफ दि