काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले एमालेलाई सांसदमाथि कारबाहीको निर्णय प्रचलित कानूनअनुसार लिएको बताएका छन्। एमालेले प्रतिनिधिसभा अवरुद्ध गरेपछि एमालेको प्रश्नको जवाफ दिँदै उनले भने, 'कारबाही सिफारिसबारे प्रचलित कानूनका आधारमा निर्णय लिएको हुँ। थप जवाफ दिन अदालतले रोक्छ। कारबाहीबारे निर्णयको विषय हाल अदालतमा विचाराधीन छ।'सभामुखले भने, ‘मान्य सदस्यहरू यसै बैठकमा प्रमुख प्रतिपक्षले उठाएको विषयको सन्दर्भमा मैले प्रचलित कानूनको प्रावधानका आधारमा रही निर्णय लिएको हो।