काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ४८ घण्टाको समय दिएर खाली मितिमा राजीनामा दिएको बताएका छन्। पर्यटन मन्त्रालयको विषयमा राष्ट्रियसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिएपछि लागू हुनेगरी दुई दिनअघि नै पोलिटब्युरो बैठकमा राजीनामा बुझाएको बताइएका हुन्। राष्ट्रियसभाको बैठकमा जवाफ दिएर फर्कने बेलामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मैले २ दिनअघि नै ब्याक डेटमा अध्यक्षज्यूलाई राजीनामा दिइसकेको थिएँ, यहाँ सदनमा जवाफ त दिनुपर्यो नि! सदनमा आज जवाफ दिएपछ