काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउनुभएकाे छ । अदालतको मानहानी मुद्दामा आफूले हिजाे मङ्गलवार लिखित जवाफ बुझाएकाे सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे छ । आफूले अदालतलाई सम्मान गर्ने बताउँदै उहाँले निवेदकको दाबी निराधार रहेको जवाफ दिनुभएकाे छ । साथै उहाँले निवेदककाे दाबी पूर्णरूपमा खारेज गर्न पनि माग गर्नुभएकाे छ ।यस्ताे छ मेयर शाहकाे जवाफ–अदालतकाे अवहेलना मुद्दाको सम्बन्धमा सम्मानीत सर्वाेच्च अदालतकाे आदेश बमाेजिम मैले हिजाे भदाै २१ गते ल...