सबै प्रश्नको जवाफ दिएँ- जनार्दन शर्मा

पूर्वअर्थमन्त्री जनार्दन शर्माले छानबिनका संसदीय विशेष समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताएका छन् । बाहिरिने क्रममा उनले भने ,'मैले उहाँहरूले सोधेका सबै कुराको जवाफ दिएको छु ।’ समितिले शर्मासँग बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधपुछ गरेको थियो ।

सम्बन्धित सामग्री

संसदीय समितिमा जनार्दन शर्मा : ‘रेडिमेड’ जवाफ दिएर उम्किए

काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले आज संसदीय छानविन समितिलाई ३ घन्टा बयान दिए । विहान साँढे ८ बजेबाट सुरु भएको बयान साढे ११ बजे सकिएको थियो । बयान दिएर निस्कँदा शर्माले पत्रकारसँग खासै कुरा गर्न चाहेनन् । आफूलाई सोधेकोजति सबै प्रश्नको जवाफ दिएको मात्रै बताएर उनी फुत्किए । यद्यपि, स्रोतका अनुसार समिति सदस्यहरुसँग उनको […]

संसदीय समितिले सोधेको सबै प्रश्नको जवाफ दिएको छु : जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्व अर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताउनुभएको छ ।

संसदमा एमाले र अर्थमन्त्रीको लुकामारी !

२ असार, काठमाडौं । प्रतिनिधिसभामा बिहीबार नयाँ दृष्य देखियो । अर्थमन्त्री जनार्दन शर्मा रोष्ट्रममा जाँदा नेकपा एमाले सांसद संसदबाट बाहिरिने र मन्त्री रोष्ट्रमबाट झरेपछि एमाले सांसदहरु फेरि संसद बैठकमा प्रवेश गर्ने । दिउँसो १ बजे बोलाइएको बैठकको कार्यसूचीको पहिलो नम्बरमा अर्थ मन्त्रालयका लागि विनियोजन भएको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने विषय उल्लेख थियो । […]

आज संसदमा जनार्दन शर्मा सहित १० जना मन्त्रीले जवाफ दिने

आज प्रतिनिधिसभाको बैठकमा १० जना मन्त्रीहरुले बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। आज विनियोजन विधेयक, २०७१ अन्तर्गत १० वटा मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसुची रहेको छ।आज युवा तथा खेलकूद मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसुची रहेको छ।

एमसीसी छल्न ‘रातारात’ पर्वत पुगे अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा पर्वत पुगेका छन् । बिहिबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने भएपछि उनी रातारात पर्वत हानिएका हुन् ।पर्वत उद्योग वाणिज्य संघको बिहीबार हुने साधरणसभामा सहभागी हुन अर्थमन्त्री शर्मा बुधबार पर्वतको कुश्मा पुगेका हुन् । एमसीसीसँगको अनुदान सहायता सम्झौतामाथि छलफल गर्ने गरि संसद बैठक बस्ने दिन मन्त्री शर्मा काठमाडौँ बाहिर रहेर उपस्थित हुन नसकेको जनाउ दिन जानाजान पर्वत पुगेको एक मन्त्रीले बताए । यसअघि आइतबारको बैठकमा पनि एमसीसी टेबल गर्दा मन्त्री शर्मा उपस्थित भएनन् । आफ्नो मन्त्रालयसँग सम्बन्धित विषय भएपनि मन्त्री शर्माले सम्झौता टेबल गरेनन् । बिहीबारको संसद बैठकमा सांसद्‌हरुले उठाएको प्रश्नको जवाफ अर्थमन्त्रीले नै दिनुपर्ने हुन्छ । तर, मन्त्री शर्मा भने एमसीसी छल्न पर्वत हानिएका हुन् ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमको पैसा झारपात उखेल्ने काममा खर्च हुँदैन’

काठमाण्डौ – गएको शुक्रवार संसदमा पेस गरिएको प्रतिस्थापन विधेयकका सम्बन्धमा अर्थ मन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक रूपले उठेका प्रश्नमा स्पष्ट पारेको छ ।आइतवार मन्त्रालयमा आयोजित ‘पोस्ट बजेट प्रेस मिट’ मा अर्थ मन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ सचिव मधुकुमार मरासिनीले प्रतिस्थापन विधेययकका मुख्य–मुख्य विषयमाथि उठेका प्रश्नको जवाफ दिनुभयो ।पाँच लाख परिवारलाई दश हजारका दरले राहत बाँड्ने योजना आएछ जबकि राष्ट्रिय योज...

सांसद्को प्रश्‍नमा गृहमन्त्रीको जवाफ : कानुनबमोजिम नै सरुवाबढुवा गरेको हुँ

काठमाडौं : गृहमन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले कानुनबमोजिम नै प्रहरीहरुको सरुवा-बढुवा गरेको बताएका छन्। व्यवस्थापिका संसद्‍मा शुक्रबार सांसदहरुले प्रहरीको सरुवाबढुवा गर्दा पक्षपातपूर्ण ढंगले आफ्नो मान्छेहरुको मात्र गरेको भन्दै आलोचना गरेका थिए। सांसद्हरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री शर्माले भने, 'प्रहरीको सर...