काठमाडौं : चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघ (एनएमए)ले सातामा २ दिन बिदा दिने सरकारको निर्णयको स्वागत गर्दै स्वास्थ्य क्षेत्रमा पनि उक्त बिदा लागू गर्न माग गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै संघले सरकारको सो निर्णय कार्यान्वयन गर्न माग गरेको हो। सातामा २ दिन बिदा हुँदा चिकित्सकले आराम गर्ने समय पाउने दबाबमुक्त अवस्थामा काम गर्न पाउने भएकाले राम्रो निर्णय भएको संघले जनाएको छ। अहिले हप्ताको ४२ घण्टा काम गर्दा डाक्टरहरूलाई बढी लोड भएको उल्लेख गर्दै दुई