काठमाडौँ । सत्ता गठबन्धनले संक्रमणकालीन न्यायसम्बन्धी समस्या सधैँलाई अन्त्य गर्ने गरी कानुन बनाउने सहमति जुटाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी समस्याहरूको सधैँलाई अन्त्य हुने गरी कानुन संशोधन गर्ने सहमति गरेका हुन् ।