काठमाडौँ – ०७२ सालको भूकम्पले क्षति पुर्याएको सम्पत्ति ५२ प्रतिशत पुनरुत्थान भएको एक अध्ययनले देखाएको छ। काठमाडौंमा शनिबार एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा भूकम्पपछि नेपालमा क्षतिग्रस्त सम्पत्तिको पुनरुत्थापन कसरी भयो त्यससम्बन्धी गरेको विस्तृत अध्ययन गरिएको छ। त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रीय विभागको नेतृत्वमा गरिएको अध्ययनमा भूकम्प गएको पाँच वर्षमा मानिससँग भएको जीवन […]