तमिलनाडु सरकारले पूर्व मुख्यमन्त्री जे जयललिताको मृत्युको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले जयललिताकी नजिककी साथी शशिकलाको भूमिकामाथि शंका गरेको छ । यससँगै उनका निजी चिकित्सकसहित एक वरिष्ठ अधिकारी पनि शंकाको घेरामा छन् । जयललिताको मृत्युको छानबिन गर्न सेवानिवृत्त न्यायाधीश ए.के. अरुमुघासामीको अध्यक्षतामा एक सदस्यीय समिति गठन गरिएको थियो । समितिले ५ सय पृष्ठको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ ।अनुसन्धान प्रतिवेदनमा जयललिता (अम्मा) र शशिकला (चिन्नम्मा) बीच राम्रो सम्बन्ध नभएको