भारतीय व्यापारी गौतम अडानीले गएकाे पाँच दिनमा झन्डै ४१ खर्ब भारतीय रुपैयाँ गुमाउनुभएको छ । अमेरिकी रिसर्च ऐजेन्सी हिन्डनबर्गको अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको पाँच दिनमा अडानीले ५० बिलियन अमेरिकी डलर अर्थात् ४० खर्ब ८० अर्ब भारतीय रुपैयाँभन्दा धेरै सम्पत्ति गुमाउनुभएको बीबीसीले जनाएको छ ।
अमेरिकाको हिन्डनबर्ग रिसर्चले कसरी विश्वको तेस्रो धनी व्यक्तिले कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो ठगी गरे भन्ने शीर्षकमा गएको बुधवार एउटा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो । हिन्डनबर्गको रिसर्च बाहिर आएपछि विश्वको तेस्रो ध...