काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति लगायत नियुक्तिमा राजनीतिक भागबण्डाबाट नभई मेरिटको आधारमा नियुक्ति गर्ने बताउँदै आएका छन्।‘आज म यस अवसरमा त्रिविबाटै राजनीतिक भागबण्डाको अन्त्य गर्ने, मेरिटका आधारमा उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईंहरूका अगाडि व्यक्त गर्छु। यसका निम्ति खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीहरूलाई विशेष आह्वान पनि गर्छु। राजनीतिक