काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति छनोटको लागि सर्टलिष्टमा परेका बौद्धिक चोरीको आरोप लागेका व्यक्तिका बारेमा आवश्यक छानबिन गर्ने जनाएको छ। सोमबार उपकुलपतिका लागि सर्टलिष्टमा परेका व्यक्तिबारे शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा भएको छलफलमा सांसदहरुले छानबिन गर्नुपर्ने माग उठाएपछि मन्त्रालयले उक्त प्रतिबद्धता जनाएको हो।बैठकमा बौद्धिक चोरी, भ्रष्टाचार मुद्दा लागेका र सूचना लुकाएको अभियोगमा जरिमाना पाएका पनि सर्टलिष्टमा परेकाले नियुक