बौद्धिक चोरी प्रमाणित भएपछि समकक्षताका लागि पेस गरिएका १० जनाको विद्यावारिधि शोधपत्र त्रिभुवन विश्वविद्यालयले अस्वीकृत गरेको छ । त्रिवि केन्द्रीय पुस्तकालयमा करिब चार महिनाअघि ‘एन्टी प्लेजरिजम सफ्टवेयर मेसिन’ (बौद्धिक चोरी जाँच्ने यन्त्र) जडान भएयता पहिलो पटक विद्यावारिधि शोधपत्रमा बौद्धिक चोरी पुष्टि भएको हो ।