काठमाडौं। निषेधाज्ञाको समयमा विदेशबाट अत्यावश्यक सामाग्रीको आयातमा वाणिज्य,आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले सहजीकरण गर्ने भएको छ। विभागका प्रवक्ता एवं निर्देशक शिवराज शेढाईले देखापढीसँग भने, "स्वास्थ्य सामाग्रीको आयात र दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न)को आयातमा सहजीकरण गर्छौं।" यसका साथै, विभागले महामारीको समयमा बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउँदै अगाडि बढाउने योजनासमेत बनाएको छ।