काठमाडौं : राहदानी विभागले अत्यावश्यक बाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन भनेको छ। आइतबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयहरूबाट आवेदन भएका राहदानी प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको जनाएको छ। काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरूले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिनभित्र राहदानी प्राप्त गर्न सक्ने विभागको भनाइ छ।विभागका निर्देशक शरदराज आरनले भने,‘अत्यन्त जरुरी परेका सेवाग्राह