अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगर्न अध्यागमन विभागको आग्रह

काठमाडौँ । अति आवश्यक अवस्थामा बाहेक कोरोना भाइरसको सङ्क्रमणको जोखिम भएका मुलुकमा भ्रमण नगर्न अध्यागमन विभागले सचेत गराएको छ । बुधवार ट्राभल एडभाइजरी जारी गर्दै विभागले भनेको छ, ‘नयाँ भेरियन्टको सङ्क्रमणको जोखिम भएको मुलुकहरूमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थामाबाहेक यात्रा नगर्न अनुरोध गरिन्छ ।’ गत सोमबारको गृहमन्त्रिस्तरीय निर्णय अनुसार विभागले बुधवार […]