सहकारी संघ-संस्थालाई अत्यावश्यक बाहेकका सेवा स्थगन गर्न विभागको निर्देशन

काठमाडौं । निषेधाज्ञाका बीच पनि सेवा सन्चालन गरिरहेका सहकारी संघ, संस्थाहरुलाई अत्यावश्यक बाहेकका सबै सेवाहरु तत्काल स्थगन गर्न सहकारी विभागले देशव्यापी अपिल गरेको छ ।  कोरोना भाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरले मुलुकलाई आक्रान्त पार्दै लगेपछि विभागले अवस्था सहज नभए सम्मका लागि सहकारीलाई नियमित सेवा स्थगन गर्न आग्रह गरेको हो ।विभागले बुधबार एक सूचना जारी गर्दै मुलुकभरीका सहकारी संघ संस्थालाई ‘अत्यन्त जरुरी र अत्यावश्यक कार्यहरु तथा सेवाहरु मात्र अत्यन्त कम जनशक्तिबाट स्थानीय