काठमाडौं : आज पनि काठमाडौं उपत्यकासहित देशमा अन्य शहरहरुमा तुँवालो लागिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिनभर नै तुँवालो लागिरहने र साँझपख केही मात्रामा खुल्ने सम्भवना रहेको महाशाखाका मौसमविद विभूति पोख्रेलले बताए।काठमाडौंमा तुवाँलोको कारण आज पनि भिजिविलिटी कम छ। एक हजार मिटरको हराहारीमा मात्रै भिजिविलिटी रहेको पोखरेलले बताए। जसका कारण हवाई सेवा प्रभावित भएको छ। तुवाँलोका कारण भएको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर हुने भएकाले अत्यावश्यक कामबाहेक घर