काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट भएका मुलुकमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अध्यागमन विभागले अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ।विभागले सरकारको निर्णयानुसार कोभिड–१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि सचेत हुने अनुरोध गरेको हो।ओमिक्रोन देखिएका मुलुक (दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिविया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङ)बाट आउने वा ती म