पासपोर्ट बनाउनेको भीडमा ८० प्रतिशत डीभी भर्नेहरू !

१४ कात्तिक, काठमाडौं । दशैंपछि नारायणहिटीस्थित राहदानी विभागमा पासपोर्ट बनाउनेहरु भीड अत्याधिक बढेको छ । सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न तयारी भइरहेकाले अत्यावश्यक भएमात्रै पासपोर्ट बनाउन अनुरोध गरिरहेको बेला विभागको क्षमताभन्दा बढी सेवाग्राही आउन थालेका छन् । विभागका प्रशासन महाशाखा प्रमुख डिल्लीराम आचार्यका अनुसार अमेरिकी डाइभर्सिटी भिसा (डीभी) भर्नेहरुका कारण भीड अत्याधिक बढ्न गएको […]