सिमकोट – विद्युत सेवा अवरुद्ध हुँदा हुम्लाको सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी एक सातायता टुकीको भरमा बिरामीको उपचार गर्न बाध्य छन्। स्वास्थ्य चौकीकी वरिष्ठ अनमी रमिता रोकायाले एक सातायता विद्युत नहुँदा रातिको समयमा विशेषगरी सुत्केरी र अन्य इमर्जेन्सीका बिरामीको उपचार टुकीको भरमा गर्नुपरेको बताइन्। एक साताअघिबाट हिल्दुम विद्युत वितरण केन्द्रको विद्युत सेवा बन्द भएपछि […]