रौतहट : पछिल्लो समय रौतहटका विभिन्न स्वास्थ्य चौकीमा औषधिको चरम अभाव भएको छ। जिल्लाको वृन्दावन नगरपालिका अन्तर्गत रहेको सबै जसो स्वास्थ्य चौकीमा औषधिको अभाव भएको स्वयं स्वास्थ्यकर्मीहरू नै बताउँछन्।नौ वटा वडा रहेका पालिका भित्रका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर समेत नहँदा सुत्केरी गराउन निजी तथा छिमेकी पालिका चन्द्रपुरको भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाहरूको गुनासो छ। वृन्दावनको विश्रामपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहे पनि त्यहाँ सेवा लिन सर्वसाधारण आउने गरेका छैनन्।स