जुम्ला - जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र सञ्चालनमा आएकाे छ ।
स्थानीयको राहतका लागि गाउँमै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएकाे हो । उपचार केन्द्र सुरु भएसँगै सदरमुकाम खलङ्गामा रहेको आँखा उपचार केन्द्रको पहुँचमा नरहेका सिञ्जा क्षेत्रका नागरिकले राहत पाउने भएका छन्।
सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले सामान्य आँखाका बिरामी हुँदा पनि महँगो खर्च गरेर सदरमुकाममा जानुपर्ने नागरिकको बाध्यतालाई मध्यनजर गर्दै उपचार केन्द्रमार्फत सेवा दिन सुरु गरिएकाे ...