जुम्लाको हिमा गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेती डाक्टरविहीन भएको ४ वर्ष बित्यो । दरबन्दीका डाक्टर अध्ययन बिदामा गएदेखि उक्त स्वास्थ्य चौकीमा अरु डाक्टर आएका छैनन् । जसले गर्दा जटिल खालका उपचारमा समस्या भएको छ भने गाउँमै हुने उपचार पनि डाक्टर नहुँदा सदरमुकाम पठाउनु पर्ने बाध्यता छ ।कालिकाखेती स्वास्थ्य केन्द्रका इन्चार्ज गोविन्द भण्डारी भन्छन्, “मेडिकल […]