महामारीका कारण बेलायत भित्रिने पर्यटक ५० वर्षयताकै न्यून

लन्डन । बेलायत भित्रिने पर्यटकहरूको सङ्ख्या ५० वर्षयताकै कम भएको छ । कोरोना महामारीका कारण लगाइएको यात्रा प्रतिबन्धका कारण सन् २०२१ मा यात्रु सङ्ख्या सन् १९७२ पछिकै सबैभन्दा कम भएको अधिकारीहरूले बताएका छन् ।बेलायतकै सबैभन्दा ठुलो एयरपोर्ट हिथ्रोमा अवतरण गर्ने यात्रुको सङ्ख्या सन् २०२० को तुलनामा सन् २०२१ मा करिब २६ लाख कम भएको छ । २०२० मा दुई करोड २० लाख यात्रु आएको भए पनि यो सङ्ख्या घटेर २०२१ मा एक करोड ९४ लाखमा झरेको छ। पहिलाको जस्तो  सामान्य अवस्थामा फर्कन अझै ३ देखि ४ वर्ष लाग्न सक्ने अ

सम्बन्धित सामग्री

फेडले ब्याजदर बढाएर १६ वर्षकै उत्कर्षमा पुर्‍यायो

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (Fed) ले ब्याजदर बढाएको छ । बैंकले बुधबार सम्पन्न नीतिगत बैठकमा ब्याजदर २५ आधार विन्दुले बढाएको छ । यो गएको १४ महीनामा गरिएको १०औं ब्याजदर वृद्धि थियो । अहिलेको लागि यो अन्तिम ब्याजदर वृद्धि हुने संकेत फेडले गरेको छ । पछिल्लो वृद्धिसँगै अमेरिकामा प्रमुख ब्याजदर बढेर ५ प्रतिशतदेखि ५ दशमलव २५ प्रतिशतको बीच्मा पुगेको छ । २०२२ को मार्चमा ब्याजदर झन्डै शून्यको स्तर नजिक थियो । उच्च ब्याजदरका कारण कर्जाको लागत बढेको छ । घरजग्गा (Real Estate) जस्ता क्षेत्रमा सुस्ती देखिएको छ । हालैका महीनामा अमेरिकामा क्षेत्रीय स्तरका तीन ओटा बैंकहरू टाट पल्टिए । यसको कारण पनि फेडको ब्याजदर वृद्धि नै थियो । अहिलेको लागि आफूहरूले अतिरिक्त ब्याजदर वृद्धिको कल्पना नगरेको फेड अध्यक्ष जेरोम पावेलले भनेका थिए । आगामी आर्थिक तथ्यांकहरूले आफ्नो कदमको अनुसरण गर्ने उनको भनाइ छ । अमेरिकामा महँगी दशकौंयताकै तीव्र दरमा बढ्न थालेपछि फेडले गएको वर्षदेखि आक्रामक रूपमा ब्यादर बढाउन शुरू गरेको थियो । विश्वभर बेलायत, यूरोप लगायत कयौं केन्द्रीय बैंकहरूले दशकौंयताकै उत्कर्षमा उक्लिएको महँगीमा अंकुश लगाउन धमाधम ब्याजदर बढाइरहेका छन् । महँगी आकाशिएपछि खपत घटाएर भए पनि माग सुस्त बनाउन बैंकहरूले आक्रामक ब्याजदर वृद्धिको बाटो समातेका थिए । फेडको ब्याजदर वृद्धिको अभियान शुरू भएयता अमेरिकामा मूल्य  वृद्धि सुस्ताएको देखिएको छ । मार्चमा मुद्रास्फीति दर ५ प्रतिशत थियो । यो झन्डै २ वर्षयताकै न्यून हो । महँगी भने हाल पनि फेडको लक्षित विन्दुभन्दा निकै माथि छ । आक्रामक ब्याजदर वृद्धिलाई खप्न नसकेर अमेरिकामा एकपछि अर्को गर्दै बैंकहरू ढलेर सोको संकट विश्वभर पोखिने चिन्ता मत्थर भइनसकेको अवस्थामा ब्याजदर (interest rates) बढाउन रोक्ने फेडको निर्णय विवेकपूर्ण भएको विश्लेषण गरिएको छ । अहिले पनि अर्थतन्त्रमा मन्दीको भय व्याप्तै छ ।  अहिले नै मुद्रास्फीति (Inflation) विरुद्धको युद्ध समाप्त भइसकेको भने छैन तर बिस्तारै महँगी घट्दै चाहिँ छ । फेडले बुधबार सर्वसम्मतिले ब्याजदर बढाएको थियो । पछिल्लो बैठकमा फेडले ब्याजदर बढाउने अधिकांश अर्थशास्त्री र वित्तीय बजार विश्लेषकहरूको अनुमान थियो । एजेन्सी

पाकिस्तानमा विप्रेषण आप्रवाह ३१ महीनायताकै न्यून स्तरमा

काठमाडौं । विदेशी मुद्रा सञ्चिति सुक्दै गइरहेको समयमा पाकिस्तानको दुःख झनै थपिएको छ । गएको महीना त्यहाँ विप्रेषण आप्रवाह २ खर्ब डलरमुनि झरेको छ । यो ३१ महीनाकै न्यून हो ।  विदेशमा काम गर्न गएका पाकिस्तानीहरूले जनवरीमा जम्माजम्मी १ अर्ब ८० करोड डलर बराबरको मात्रै विप्रेषण पठाएका छन् । विप्रेषण आप्रवाह सन् २०२० को मेयताकै न्यून हो । २०२२ को जनजरीको तुलनामा यो १३ प्रतिशत कम हो भने डिसेम्बरभन्दा १० प्रतिशत कम हो ।  अहिले पाकिस्तानलाई डलरको निकै खाँचो छ । निर्यातको तुलनामा विप्रेषणमाथिको आश धेरै भएको समयमा चालू आर्थिक वर्ष (आव)मा विप्रेषण आप्रवाह घट्दै गइरहेको छ । गएको आवको जुलाई-जनवरीमा पाकिस्तानमा कुल १७ अर्ब ९८ करोड ८० लाख डलर बराबरको विप्रेषण भित्रिएको थियो । चालू आवको सोही अवधिमा आप्रवाह १६ अर्ब डलर मात्रै छ ।अर्थात् यो चालू आवको पहिलो ७ महीनामा १ अर्ब ९८ करोड २० लाख डलर मूल्य बराबरको विप्रेषण आप्रवाह गुमेको छ । अहिले पाकिस्तान सरकार कर्जाको साँवा र ब्याज भुक्तानीमा असफल भएर डिफल्टमा जाने अवस्था रोक्न बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषसँग जसरी भएपनि वित्तीय उद्धारबापतको १ अर्ब २० करोेड डलर बराबरको किस्ता लिन संघर्षरत छ ।  विनिमय दरको कृत्रिम व्यवस्थापनका कारण विप्रेषण आप्रवाहमा त्यति ठूलो कमी आएको भन्दै अर्थशास्त्री र विश्लेषकहरूले स्टेट बैंक समेतको सरकारको वित्तीय टोलीलाई दोष दिइरहेका छन् । डलरको तुलनामा पाकिस्तानी रुपयाको भाउमा आएको तीव्र कमी रोक्न सरकारले सो कदम चालेको थियो । तर, यसका कारण खुला बजार र अन्तरबैंक बजारमा विनिमय दरमा ठूलो अन्तर हुँदा उल्टो असर देखियो ।  सबैभन्दा ठूलो विप्रेषण बजार साउदी अरबबाट चालू आवको पहिलो ७ महीनामा पाकिस्तानमा ३ अर्ब ८९ करोड २० लाख डलर विप्रेषण आएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ दशमलव १ प्रतिशत कम हो । बेलायत र संयुक्त अरब इमिरेट्सबाट आउने विप्रेषण प्रवाह पनि क्रमशः ६ दशमलव ४ प्रतिशत र १५ दशमलव २ प्रतिशतले घटेको छ । खाडी देशहरू र ईयूको विप्रेषण आप्रवाह पनि समीक्षा अवधिमा क्रमशः ९ प्रतिशत र १० प्रतिशतले घटेको छ । समीक्षा अवधिमा अमेरिकाबाट आउने विप्रेषण मात्रै बढेको छ । त्यो वृद्धि पनि २ दशमलव ८ प्रतिशत मात्रै छ । एजेन्सी

विदेशी मुद्रा आर्जन ४६% ले घटेर १३ अर्ब ५० करोडमा सीमित

जेठ १५, काठडमौं । सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ । आर्थिक सर्वेक्षण २०७८÷८९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६ प्रतिशतले घटेर रू. १३ अर्ब ५० करोड ११ लाख रहेको छ ।  कोभिड– १९ महामारीका कारण विदेशी पर्यटक आगमन संख्या न्यून हुँदा विदेशी मुद्रा आर्जन घटेको हो । उक्त वर्ष प्रति पर्यटकको औसत बसाइँ १५ दशमलव ५ दिन र प्रतिदिन प्रति पर्यटक खर्च ४८ डलर रहेको छ ।  यस्तो खर्च सन् २०२१ को तुलनामा २६ दशमलव १ प्रतिशत न्यून हो । अघिल्लो वर्ष सन् २०२० पनि पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा करीब ७० प्रतिशतले कमी आएको आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख छ । सन् २०२० मा कूल पर्यटक आगमन संख्या दुई लाख ३० हजारमा सीमित रहन पुग्यो । उक्त वर्ष पनि कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो । सन् २०१९ मा विदेशी पर्यटक आगमन २ दशमलव १ प्रतिशतले बढेकामा सन् २०२० मा यस्तो आगमन ८० दशमलव ८ प्रतिशतले घटेको थियो । कोभिड–१९ महामारीका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किदै गरेको छ । सन् २०२२ को सुरुआती चरणदेखि विदेशी पर्यटक आगमन दर निरन्तर उकालो लागिरहेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार अप्रिल महीनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् जुन अघिल्लो वर्षको सोही महीनाको तुलनामा १६० प्रतिशतले वृद्धि हो ।  सन् २०२१ मा एक लाख ५० हजार ६९२ र सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२१ मा नेपाल भित्रिएका पर्यटकमध्ये ६६ दशमलव ८ प्रतिशतले बिदा, मनोरञ्जन र यात्रा, १०।३ प्रतिशत पर्वतारोहण/साहसिक यात्रा/पदयात्रा, ७।४ प्रतिशतले तीर्थयात्रा र १५ दशमलव ५ प्रतिशतले अन्य उद्देश्यले नेपाल भ्रमण गरेका छन् ।  कुल पर्यटक आगमन संख्याको आधारमा सन् २०२१ मा सबैभन्दा बढी पर्यटक आउने ५ मुलुकमा क्रमशः भारत ४२ दशमलव ८३ प्रतिशत, संयुक्त राज्य अमेरिका १५ दशमलव १३, बेलायत ५ दशमलव ७४, चीन ४ दशमलव १० र बंगलादेश ३ दशमलव ३४ प्रतिशत छन् ।  नेपालको भ्रमण गर्नेमा भारतीय पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ ।  झण्डै दुई वर्ष विदेशी पर्यटक आगमन खुम्चिँदा विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोतको रुपमा रहेको पर्यटन क्षेत्र शिथिल बन्दा समग्र देशको अर्थतन्त्र र यसमा आवद्ध व्यवसायी र मजदूर मर्कामा परेका छन् । रासस

तीन हप्तायता पहिलो पटक सय डलरभन्दा मुनि आयो तेलको भाउ

लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्ने क्रम जारी छ । आपूर्तिमा अवरोध आउने चिन्ता अलि मत्थर भएको र चीनमा २ वर्षयताकै उच्च कोरोना भाइरसको संक्रमण देखिएको खबरले झन्डै तीन हप्तामा पहिलो पटक मंगलबार कच्चा तेलको भाउ सय डलरभन्दा तल झरेको हाे ।  मंगलबारको कारोबारमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९७ डलर ४४ सेन्टसम्म आएको थियो । यो समाचार तयार गर्दा  साँझ साढे बजे अासपास ब्रेन्ट क्रुडकाे मूल्य ५ दशमलव ९ प्रतिशतले को कमी अाइ प्रतिब्यारेल   ९९ डलर ५६ सेन्टमा थियो ।  मंगलबारको कारोबारमा अमेरिकी बेञ्चमार्क प्रतिब्यारेल ९३ डलर ५४ सेन्टसम्म आएको थियो । यो फेब्रुअरी २५ यताकै न्यून हो । यो सामाचार तयार गर्दा डब्ल्यूटीआई प्रतिब्यारेल ६  दशमलव १ प्रतिशतको कमीसहित ९६ डलर ६६ सेन्टमा थियो ।  मस्को सन् २०१५ को इरानी परमाणु सम्झौता सम्भव भएसम्म छिटै पुनः सुचारु गर्न तयार रहेको रुसी विदेशमन्त्री सेर्गी लाभ्रोभले बताएपछि तेलको भाउमा कमी आएको अन्तरराष्ट्रीय सञ्चारमाध्मयले उल्लेख गरेका छन् । यसअघि रुसी मागका कारण सो सम्झौता ब्यूताउने विषयमा वार्ता अड्किएको थियो । अघिल्लो दिन चीनमा कोभिडको दैनिक संक्रमण बढेको खबरका कारण तेलको भाउमा ५ प्रतिशतको कमी आएको थियो । अन्तरराष्ट्रीय सञ्चारमाध्यमका अनुसार रुस र युक्रेनबीच युद्धबिरामसम्बन्धी वार्ताले पनि तेल बजारमा कमी आएको हो । मार्च ७ मा १४ वर्षयताकै उच्च स्तरमा पुगेको ब्रेन्टको भाउ अहिले करीब ४० डलर घटिसकेकाे छ । डब्ल्यूटीआईको भाउ पनि ३० डलरभन्दा धेरैले घटिसकेको छ ।    तर आधारभूत अवस्थामा खासै धेरै परिवर्तन नआएको, युक्रेनी युद्धसम्बन्धी तनाव र अनिश्चय उच्च नै भएको अवस्थामा तेलको भाउमा यति धेरै कमी आउनु आश्चर्यजनक भएको जुलियस बेयरका विश्लेषक नोर्बोर्ट रकर बताउँछन् । एजेन्सी

बेलायती अर्थतन्त्र ०.६ % ले बढ्यो

कात्तिक २५, लन्डन (बेलायत) । बेलायतको अर्थतन्त्र  सेप्टेम्बरमा शून्य दशमलव ६ प्रतिशतले बढेको छ ।  योसँगै अर्थतन्त्र सन् २०२० को फेब्रुअरीमा कोभिडका कारण पहिलो लकडाउन लगाउनु अघिको तुलनामा शून्य दशमलव ६ प्रतिशत सानो छ । पछिल्लो तथ्यांकले बेलायती अर्थतन्त्रले लकडाउन हटेपछिको लय गुमाएको छर्लङ पारेको छ । विश्वमा आपूर्ति श्रृंखलामा  देखिएको समस्यालगायत कारणले गर्दा बेलायतको आर्थिक वृद्धिदर प्रभावित भएको छ । जुलाईमा अर्थतन्त्र शून्य दशमलव २ प्रतिशतले घटेको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ । यो यसअघि अनुमान गरिएको शून्य दशमलव १ प्रतिशतको कमीभन्दा धेरै हो । सेप्टेम्बरमा स्वास्थ्य क्षेत्रको उत्पादनमा भएको वृद्धिले आर्थिक वृद्धिदरमा टेवा दिएको हो । महामारी घटेपछि मानिसहरु पुनः डाक्टरकहाँ जान थालेका छन् । यसका कारण सेवा क्षेत्र अगष्टको तुलनामा शून्य दशमलव ७ प्रतिशतले बढेको छ ।  तर ग्यास वितरण लगातार चौथो महीना पनि खुम्चिएपछि औद्योगिक उत्पादनमा भने शून्य दशमलव ४ प्रतिशतको कमी आएको छ । तेस्रो त्रैमासमा अर्थतन्त्र १ दशमलव ३ प्रतिशतले बढेको छ ।  यो यस वर्षको शुरुमा बेलायत लकडाउनमा भएको बेलायताकै न्यून हो । सेप्टेम्बरसम्मको तीन महीनामा अर्थतन्त्र १ दशमलव ५ प्रतिशतले बढ्ने बैंक अफ इंगल्यान्ड र रोयटर्सको जनमत सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरुले बताएका थिए । एजेन्सी

बेलायतमा मुद्रास्फीति ५ प्रतिशतमा पुग्ने सम्भावना

कात्तिक ६, लन्डन (बेलायत) । बेलायतमा मुद्रास्फीति आगामी वर्षको शुरुमा ५ प्रतिशतमा पुग्ने वा सो भन्दा माथि उक्लिन सक्ने चेतावनी केन्द्रीय बैंकका नवनियुक्त प्रमुख अर्थशास्त्रीले दिएका छन् । बैंक अफ इंगल्यान्ड (बीओई)का प्रमुख अर्थशास्त्री हुव पिलले फाइनान्सियल टाइम्ससँग गरेको कुराकानीमा यस्तो बताएका हुन् । सन् २०२० को मार्चयता बेलायतमा ब्याजदर शून्य दशमलव १ प्रतिशतको ऐतिहासिक न्यून स्तरमा छ । नोभेम्बर ४ मा बस्ने ब्याजदर निर्धारण बैठकमा बैंकले ‘लाइभ’ निर्णय गर्ने पिलले बताएका छन् ।  हालैको तथ्यांकअनुसार बेलायतमा सेप्टेम्बरसम्मको एक वर्षमा मुद्रास्फीति ३ दशमलव १ प्रतिशतमा सुस्ताएको छ । यद्यपि, ऊर्जाको लागतमा भएको वृद्धि कीर्तिमानी स्तरमा रिक्त भएको कर्मचारीको पदपूर्तिका लागि कायम गरिएको उच्च तलब र आपूर्ति शृंखलामा देखिएको अवरोधका कारण मुद्रास्फीति बढ्ने बैंकको अनुमान छ ।  आगामी महीनामा मुद्रास्फीति ५ प्रतिशतमा पुग्यो वा सो भन्दा माथि उक्लियो भने  पनि आफू अचम्भित नहनुे पिलले बताएका छन् । बैंकले मुद्रास्फीति २ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको थियो । मुद्रास्फीति सो स्तरमा पुुग्ने बैंकका लागि निकै असहज हुने उनले बताएका छन् । एजेन्सी

आपूर्ति अभाव बीच लगातार छैठौं दिन पनि बढ्यो तेलको भाउ

असोज १२, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको भाउ बढेको छ ।  योसँगै अघिल्ला दिनहरुमा तेलको भाउमा भएको कमी उल्टिएको छ । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ६ : ५५ बजे लन्डनस्थित आईसीई एक्सेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल शून्य दशमलव ५७ प्रतिशतले बढेर ८० डलर शून्य १ सेन्टमा पुगेको थियो ।  मंगलवारको कारोबारमा ब्रेन्टको भाउ अधिकतम प्रतिब्यारेल ८० डलर ७५ सेन्टसम्म पुगेको थियो । यो सन् २०१८ को अक्टोबर यताकै उच्च हो । सोमवार ब्रेन्टको भाउ १ दशमलव ८ प्रतिशतले बढेको थियो ।   सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि शून्य दशमलव ५४ प्रतिशतले बढेर प्रतिब्यारेल ७५ डलर ८१ सेन्ट कायम भएको थियो ।  सोमवारको कारोबारमा डब्ल्यूटीआईएको भाउ प्रतिब्यारेल ७६ डलर ५१ सेन्टसम्म पुग्यो यो जुलाई ६ यताकै उच्च हो। सोमवार डब्ल्यूटीआईको भाउमा २ प्रतिशतको वृद्धि भएको थियो । अमेरिकामा समुद्री आँधीहरुले आपूर्तिमा अपेक्षा गरिएभन्दा लामो समयसम्म अवरोध उत्पन्न भएपछि लगानीकर्ताहरु बुलिश देखिएका छन् । न्यून लगानी र मर्मतसम्भारमा समस्याका कारण शीर्ष तेल निर्यातकर्ता देशहरु नाइजेरिया र अंगोलाले ओपेकले तय गरेको कोटाअनुसार कम्तिमा पनि आगामी वर्षसम्म आफ्नो उत्पादन बढाउन संघर्ष गर्नुपर्ने अवस्था आएको छ । एजेन्सी

बेलायतमा कारको उत्पादन १९५६ यताकै न्यून स्तरमा

भदौ ११, लन्डन (बेलायत) । गत महीना बेलायतमा कारको उत्पादन सन् १९५६ यताकै न्यून स्तरमा ओर्लिएको छ । विश्वभर चिपको अभावबीच उत्पादन प्रभावित भएको हो ।  जुलाईमा ५३ हजार ४३८ थानसवारी साधन उतपादन भएको बेलायतका मोटर उत्पादक तथा व्यवसायीहरुको संगठन (एसएमएमटी) को तथ्यांकले देखाएको छ । यो सन् २०२० को जुलाईको तुलनामा ३७ दशमलव ६ प्रतिशत कम हो ।  समीक्षा अवधिको उत्पादन दर सन् १९५६ मा एसएमएमटीले सवारी साधन उत्पादन सम्बन्धी तथ्यांक राख्न थालेयताकै खराब हो । विश्वभर चिपको अभावबाहेक कोरोना भाइरसको महामारी कारण कारखाना बन्द र कर्मचारीहरुको अनुपस्थिति लगायत कारणले गर्दा पनि उत्पादन प्रभावित भएको हो ।  जुलाईमा उत्पादन घटेको भएपनि गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष शुरु भएदेखि जुलाईसम्ममा भने कारको उत्पादन १८ दशमलव ३ प्रतिशत माथि रहेको छ । जनवरीयता बेलायतमा करीब ५ लाख ५२ हजार ३६१ थान कार उत्पादन भएका छन् । यो सन् २०१९ को महामारी पूर्वको स्तरभन्दा चाँहि २८ दशमलव ९ प्रतिशत कम हो । एजेन्सी

बेलायतको मुद्रास्फीति दोब्बरभन्दा धेरै

जेठ ५, लन्डन (बेलायत) । गत महीना बेलायतको वार्षिक मुद्रास्फीति दोब्बरभन्दा धेरै भएको छ ।  ऊर्जा र लत्ताकपडाको भाउमा भएको वृद्धिका कारण महँगी बढेको हो । मार्चमा शून्य दशमलव ७ प्रतिशत रहेको उपभोक्ता मूल्य अप्रिलमा बढेर १ दशमलव ५ प्रतिशतमा पुगेको छ ।  यो वृद्धि सन् २०२० को मार्चमा महामारी शुरु हुन थालेयताकै उच्च हो । गत वर्षको सोही अवधिमा मुद्रास्फीति न्यून रहेकोले पनि अहिले वृद्धि धेरै देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ ।  अप्रिल १२ देखि कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाइएको लकडाउन खुकुलो बनाएको र पसलहरु खुल्न थालेसँगै मुद्रास्फीति बढेको बताइएको छ । फेब्रुअरीमा भने लत्ता कपडा र जुत्ताको भाउ अप्रत्याशित रुपमा घटेको थियो ।  उता पेट्रोल र बिजुलीको भाउ पनि ह्वात्तै बढेको छ । विश्व अर्थतन्त्र महामारीका कारण उत्पन्न कमीबाट पुनःबहाली हुन थालेसँगै यस वर्ष मुद्रास्फीति बढ्ने र केन्द्रीय बैंकहरुले पुनः ब्याजदर बढाउने हो कि भन्ने चिन्ता गर्न थालिएको छ । एजेन्सी