पाकिस्तानमा विप्रेषण आप्रवाह ३१ महीनायताकै न्यून स्तरमा

काठमाडौं । विदेशी मुद्रा सञ्चिति सुक्दै गइरहेको समयमा पाकिस्तानको दुःख झनै थपिएको छ । गएको महीना त्यहाँ विप्रेषण आप्रवाह २ खर्ब डलरमुनि झरेको छ । यो ३१ महीनाकै न्यून हो ।  विदेशमा काम गर्न गएका पाकिस्तानीहरूले जनवरीमा जम्माजम्मी १ अर्ब ८० करोड डलर बराबरको मात्रै विप्रेषण पठाएका छन् । विप्रेषण आप्रवाह सन् २०२० को मेयताकै न्यून हो । २०२२ को जनजरीको तुलनामा यो १३ प्रतिशत कम हो भने डिसेम्बरभन्दा १० प्रतिशत कम हो ।  अहिले पाकिस्तानलाई डलरको निकै खाँचो छ । निर्यातको तुलनामा विप्रेषणमाथिको आश धेरै भएको समयमा चालू आर्थिक वर्ष (आव)मा विप्रेषण आप्रवाह घट्दै गइरहेको छ । गएको आवको जुलाई-जनवरीमा पाकिस्तानमा कुल १७ अर्ब ९८ करोड ८० लाख डलर बराबरको विप्रेषण भित्रिएको थियो । चालू आवको सोही अवधिमा आप्रवाह १६ अर्ब डलर मात्रै छ ।अर्थात् यो चालू आवको पहिलो ७ महीनामा १ अर्ब ९८ करोड २० लाख डलर मूल्य बराबरको विप्रेषण आप्रवाह गुमेको छ । अहिले पाकिस्तान सरकार कर्जाको साँवा र ब्याज भुक्तानीमा असफल भएर डिफल्टमा जाने अवस्था रोक्न बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषसँग जसरी भएपनि वित्तीय उद्धारबापतको १ अर्ब २० करोेड डलर बराबरको किस्ता लिन संघर्षरत छ ।  विनिमय दरको कृत्रिम व्यवस्थापनका कारण विप्रेषण आप्रवाहमा त्यति ठूलो कमी आएको भन्दै अर्थशास्त्री र विश्लेषकहरूले स्टेट बैंक समेतको सरकारको वित्तीय टोलीलाई दोष दिइरहेका छन् । डलरको तुलनामा पाकिस्तानी रुपयाको भाउमा आएको तीव्र कमी रोक्न सरकारले सो कदम चालेको थियो । तर, यसका कारण खुला बजार र अन्तरबैंक बजारमा विनिमय दरमा ठूलो अन्तर हुँदा उल्टो असर देखियो ।  सबैभन्दा ठूलो विप्रेषण बजार साउदी अरबबाट चालू आवको पहिलो ७ महीनामा पाकिस्तानमा ३ अर्ब ८९ करोड २० लाख डलर विप्रेषण आएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ दशमलव १ प्रतिशत कम हो । बेलायत र संयुक्त अरब इमिरेट्सबाट आउने विप्रेषण प्रवाह पनि क्रमशः ६ दशमलव ४ प्रतिशत र १५ दशमलव २ प्रतिशतले घटेको छ । खाडी देशहरू र ईयूको विप्रेषण आप्रवाह पनि समीक्षा अवधिमा क्रमशः ९ प्रतिशत र १० प्रतिशतले घटेको छ । समीक्षा अवधिमा अमेरिकाबाट आउने विप्रेषण मात्रै बढेको छ । त्यो वृद्धि पनि २ दशमलव ८ प्रतिशत मात्रै छ । एजेन्सी

सम्बन्धित सामग्री

विप्रेषण आप्रवाह बढेको राष्ट्र बैंकको तथ्यांक

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८० को फागुनसम्ममा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको जानाएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भएर ७९४ अर्ब ३२ करोड पुगेको छ। यसैगरी, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३० प्रतिशतले घटेको थियो । केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे विज्ञप्ति जारी गर्दै अमेरिकी […]

पाँच महिनामा चार खर्ब ८० अर्ब विप्रेषण भित्रियो

काठमाडौँ– चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म चार खर्ब ८० अर्ब ५० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह छ दशमलव तीन प्रतिशतले घटेको थियो ।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ […]

चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण

काठमाडाैं । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणानुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव आठ प्रतिशतले […]

चार महिनामा तीन खर्ब ७८ अर्ब विप्रेषण भित्रियो

काठमाडौँ– चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भई तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव आठ प्रतिशतले वृद्धि भई […]

१० खर्ब सात अर्ब ३१ करोडको विप्रेषण भित्रियो

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब सात अर्ब ३१ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । यो कूल चार दशमलव आठ प्रतिशत बराबरको वृद्धि भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । केन्द्रीय बैङ्कले सो आवको आज सार्वजनिक गरेको विवरणअनुसार अपेक्षितरुपमा नै विप्रेषण आप्रवाह भएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह नौ दशमलव आठ […]

४ खर्ब ६८ अर्ब बराबरको विप्रेषण आप्रवाह

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाहमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा यस अवधिमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई चार खर्ब ६८ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी […]

विप्रेषण आप्रवाहमा गिरावट

काठमाडौँ । प्रमुख श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण विप्रेषण आप्रवाहमा गिरावट आएको छ । नेपाल राष्ट्र बैङ्कले हिजो (बिहीबार) सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेको छ । सो अवधिमा कूल रु तीन खर्ब ८८ अर्ब ५८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा […]

पाँच महिनामा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घट्यो

प्रमुख श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण विप्रेषण आप्रवाहमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेको...

विप्रेषण आप्रवाह घट्यो

काठमाडौं, (नेस) । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा विप्रेषण आप्रवाह ७ दशमलव ५ प्रतिशतले कमी आई ३१२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशमलव ८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ । […]

आठ खर्ब ७० अर्ब विप्रेषण भित्रियो

विदेश जाने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल रु आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको छ ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई रु सात अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अ