बेलायतको मुद्रास्फीति दोब्बरभन्दा धेरै

जेठ ५, लन्डन (बेलायत) । गत महीना बेलायतको वार्षिक मुद्रास्फीति दोब्बरभन्दा धेरै भएको छ ।  ऊर्जा र लत्ताकपडाको भाउमा भएको वृद्धिका कारण महँगी बढेको हो । मार्चमा शून्य दशमलव ७ प्रतिशत रहेको उपभोक्ता मूल्य अप्रिलमा बढेर १ दशमलव ५ प्रतिशतमा पुगेको छ ।  यो वृद्धि सन् २०२० को मार्चमा महामारी शुरु हुन थालेयताकै उच्च हो । गत वर्षको सोही अवधिमा मुद्रास्फीति न्यून रहेकोले पनि अहिले वृद्धि धेरै देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ ।  अप्रिल १२ देखि कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाइएको लकडाउन खुकुलो बनाएको र पसलहरु खुल्न थालेसँगै मुद्रास्फीति बढेको बताइएको छ । फेब्रुअरीमा भने लत्ता कपडा र जुत्ताको भाउ अप्रत्याशित रुपमा घटेको थियो ।  उता पेट्रोल र बिजुलीको भाउ पनि ह्वात्तै बढेको छ । विश्व अर्थतन्त्र महामारीका कारण उत्पन्न कमीबाट पुनःबहाली हुन थालेसँगै यस वर्ष मुद्रास्फीति बढ्ने र केन्द्रीय बैंकहरुले पुनः ब्याजदर बढाउने हो कि भन्ने चिन्ता गर्न थालिएको छ । एजेन्सी  

सम्बन्धित सामग्री

बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून

लण्डन – बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्याङ्कले बुधबार सार्वजनिक गरेको छ । मूल्य वृद्धिको दर मार्चमा १०.१ प्रतिशतबाट घटेर गत वर्षको अगष्टपछि पहिलो पटक मुद्रास्फीति १० प्रतिशतभन्दा तल झरेको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)ले जनाएको छ […]

संकटमा ऋषि सुनक, आफु निकट मानिएका एकमन्त्रीले दिए राजीनामा !

लण्डन । बेलायतको राजनीतिमा विगत केही महिनादेखि निकै उथलपुथल भइरहेको छ । देशमा राजनीतिक अस्थिरता बढेको छ । मुद्रास्फीति र रुसयुक्रेन युद्धले बेलायतको स्थिति बिग्रिएको छ।

बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतले वृद्धि

बेलायतको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) सन् २०२२ को सेप्टेम्बरसम्मको १२ महिनामा १०.१ प्रतिशतले वृद्धि भएको छ ।  यो अगस्टमा ९.९ प्रतिशत थियो भने अहिले जुलाईको पछिल्लो उच्च विन्दुमा फर्किएको छ ।...

बेलायतको मुद्रास्फीति १० दशमलब १ प्रतिशतले वृद्धि

काठमाडौँ- बेलायतको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सन् २०२२ को सेप्टेम्बरसम्मको १२ महिनामा १० दशमलब १ प्रतिशतले वृद्धि भएको छ । यो अगस्टमा ९ दशमलब ९ प्रतिशत थियो भने अहिले जुलाईको पछिल्लो उच्च विन्दुमा फर्किएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार मासिक आधारमा हेर्दा सीपीआई अगस्टको तुलनामा सेप्टेम्बरमा शून्य दशमलब ५ प्रतिशतले बढेको छ […]

बेलायतको मुद्रास्फीति दर १० प्रतिशतले वृद्धि

बेलायतको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) सन् २०२२ को सेप्टेम्बरसम्म १२ महिनामा १०.१ प्रतिशतले वृद्धि भएको छ।यो अगस्टमा ९.९ प्रतिशत थियो भने अहिले जुलाईमा पछिल्लो उच्च विन्दुमा फर्किएको छ। राष्ट्रिय तथ्यांक कार्यालय...

मुद्रास्फीति ४० वर्ष यताकै उच्च भएपछि बेलायती केन्द्रीय बैंकले ब्याजदर बढायो

काठमाडौं– बेलायतको केन्द्रीय बैंकले ब्याजदर बढाएको छ । बैंक अफ इङ्ल्याण्डले ब्याजदर बढाएर १ दशमलब २५ प्रतिशत पु¥याएको हो । यो ब्याजदर १३ वर्षयता कै उच्च रहेको बीबीसीले जनाएको छ । यसअघि बेलायतको ब्याजदर १ प्रतिशत थियो । बैंक मौद्रिक नीति समितिको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । बैठकमा समितिका ९ सदस्यमध्ये ६ सदस्यले […]

बेलायतको मुद्रास्फीति १० वर्षकै उचाईमा

मंसिर २९, लन्डन (बेलायत) । बेलायतमा मुद्रास्फीति नोभेम्बरमा बढेर १० वर्षकै उच्च विन्दुमा उक्लिएको छ ।  नोभेम्बरसम्मको १२ महीनामा उपभोक्ता मूल्य सूचक बढेर ५ दशमलव १ प्रतिशतमा उक्लिएको छ । अक्टोबरमा सीपीआई ४ दशमलव २ प्रतिशत थियो । रोयटर्सको जनमत सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरुले नोभेम्बरमा मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत रहने बताएका थिए । सन् २०२२ को बसन्तमा मुद्रास्फीति ५ प्रतिशतमा उक्लिने बैंक अफ इंगल्यान्ड (बीओई) को प्रक्षेपण थियो ।  सन् २०२३ को अन्त्यमा यो घटेर २ प्रतिशतको लक्ष्यमा आउने बताइएको थियो । मासिक आधारमा भने अक्टोबरबाट नोभेम्बरमा मुद्रास्फीति शून्य दशमलव २ प्रतिशतले बढेको छ । यो दर शून्य दशमलव ४ प्रतिशत रहने रोयटर्सको सर्वेक्षण बताइएको थियो ।  कोर सीपीआई भने गत वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले बढेको छ । रोयटर्सले यो दर ३ दशमलव ७ प्रतिशत रहने बताएको थियो ।  मौद्रिक नीति कसिलो बनाउने कि नबनाउने भन्ने निर्णय गर्न बीओईको नीतिगत बैठक बिहीवार बस्दैछ । एजेन्सी

बेलायतको मुद्रास्फीति दर १.५ प्रतिशत कायम

बेलायतको मुद्रास्फीति दर अघिल्लो महिनाको तुलनामा स्थिर देखिएको छ । नोभेम्बरमा बेलायतको मुद्रास्फीति दर १.५ प्रतिशत कायम भएको यहाँको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । बेलायतको मुद्रास्फीतिलाई सन्तुलनमा राख्न आवास, खानेपानी, विद्युत्, ग्यास र अन्य इन्धनले ठूलो योगदान पु-याएको बताइएको छ । यहाँको मुद्रास्फीतिमा ठूलो नकारात्मक प्रभाव पार्ने स्रोतका रूपमा बन्दोबस्तीका सेवा तथा सुर्तीजन्य सामानको बजारमा देखिएको समस्यालाई कार्यालयले उल्लेख गरेको छ ।

बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून

बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्याङ्कले बुधबार सार्वजनिक गरेको छ ।